काठमाडौं । एप्रिलिया एसआर १६० अफआइ बीएस ६ अन्नपूर्ण क्षेत्रको दुर्गम हिमाली गन्तव्यहरू गंगापूर्ण ताल (३,५४० मिटर) र खाङ्सार गाउँ (३,७५६ मिटर)सम्म पुगेको छ ।
लमजुङको बेंसीसहरदेखि मनाङसम्मको ९० किलोमिटर दूरी पार गर्दै अप्रिलिया एसआर १६० स्कुटर गंगापूर्ण हिमताल र खाङ्सारसम्म पुगेको हो ।
प्रायःजसो अफरोड बाइक मात्र चल्ने मनाङको उकालो, साँघुरो र चट्टानी बाटो हुँदै अप्रिलिया गंगापूर्ण र खाङ्सार पुगेको हो । अटोमोबाइल क्षेत्रको इतिहासमै पहिलो पटक अप्रिलियाको स्कुटर गंगापूर्ण र खाङ्सार पुगेको कम्पनीको दाबी छ ।
एप्रिलिया एसआर १६० स्कुटरले हासिल गरेको यो उपलब्धिको अहिले देशभरका साहसिक मोटरसाइकल यात्रा प्रेमीबीच चर्चा भइरहेको छ ।
गंगापूर्ण र खाङ्सार पहिरोको जोखिम, साँघुरा घुम्तीहरू, ढुंगा खस्ने स्थानहरू, पुल नभएका खोलानाला तर्नुपर्ने र कम अक्सिजन उपलब्ध हिमाली भूगोलका कारण अत्यन्तै कठिन मानिन्छ ।
योसँगै अप्रिलियाले आफूलाई शहरी यातायातको साधन मात्र नभई कठिन भूगोलमा पनि उच्चतम पर्फर्मेन्स दिनसक्ने स्कुटरको रूपमा उभ्याएको छ ।
कम्पनीका अनुसार यो यात्रासंगै अप्रिलियाले नयाँ मापदण्ड स्थापित गरेकोछ । ‘यो केवल यात्रा थिएन, यो सन्देश हो । स्कुटरको शक्ति, स्थायित्व र क्षमता अब केवल साइज र सेग्मेन्टले तोकिने छैन,’ अप्रिलियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


