होन्डा एनएक्स २०० नेपालमा सोल्ड आउट, नयाँ आउन समय लाग्ने

काठमाडौं । होन्डा एनएक्स २०० मोटरसाइकल सोल्ड आउट भएको छ । होन्डा स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता स्याकर ट्रेडिङ प्रालिले गत वर्ष नेपाल भित्र्याएको एनएक्स २०० सोल्ड आउट भएको हो ।

कम्पनीले ल्याएको एनएक्स अब केही समय नआउने भएको हो । कम्पनीले नेपालमा भित्र्याएको छोटो सयममै होन्डा एनएक्स २०० चर्चामा आएको थियो । होन्डा एनएक्स २०० एड्भेन्चर क्रुजर डिजाइनमा तयार भएको मोटरसाइकल कम्पनीले ४ लाख ८९ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको थियो ।

कम्पनी स्रोतका अनुसार यो मोटरसाइकल अहिले डिसकन्टिन्यू गरिएको छ । अब केही समय यो मोटरसाइकल नेपाल नआउने कम्पनी स्रोतले मेरोअटोसँग बतायो । कम्पनीले होन्डा एनएक्स डिस्कन्टिन्यू गर्नुको कारण भने खुलाएको छैन ।

एड्भेन्चर मोटरसाइकल मन पराउनेहरूका लागि उपयुक्त हुने यो मोटरसाइकमा १८४ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले १७.२७ बीएचस पावर र १६.१ एनएम टर्क जेनेरेट गर्नेछ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

बक्स टाइप स्वीङआर्म, हर्नेटमा प्रयोग भएको च्याचिस, अगाडि गोल्डने यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध छ ।

होन्डा एनएक्स २०० मा सार्प लुकिङ एलईडी लाइट, एलईडी टर्न इन्डिकेटर, नकल गार्ड, विन्ड स्क्रीन, टल ह्यान्डलबार दिइएको छ । साथै, स्प्लीट सिट, इन्जिन कौल र डबल पर्पस टायर यसको मुख्य विशेषता हो ।

यसमा दिइएको अप राइट ह्यान्डलबार सेटअपले यसलाई अनरोड तथा अफरोड दुवै सुहाउँदो बनाएको छ । डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डिस्क ब्रेक, डबल च्यानल एबीएस, ब्ल्याक अलोय ह्वील यसमा उपलब्ध मुख्य फिचर हुन् ।


Back_to_top