काठमाडौं । अप्रिलियाको १७५ सीसी नयाँ स्कुटर बिक्री सुरू गर्ने भएको छ । कम्पनीले भारतबाट बिक्री सुरू गर्ने स्कुटरको नाम ‘एसआर १७५’ राख्ने भएको हो ।
भारतमा रहेका आफ्ना डिलर नेटवर्कमा एसआर १७५ पुगिसकेको रिपोर्टहरु प्रकाशित गरेका छन् । त्यसलाई आधार मान्दा अबको केही दिन भित्रै एसआर–१७५ को बिक्री सुरु हुनेछ ।
अप्रिलियाले एसआर १६० को रिप्लेसमा नयाँ १७५ सीसी स्कुटर ल्याउन लागेको हो । नयाँ अप्रिलिया एसआर १७५ को मूल्य १ लाख ३० हजार भारतीय रुपैयाँ (एक्स शोरुम) हुने अनुमान गरिएको छ । अप्रिलियाले एसआर १६० को मूल्य १ लाख ३२ हजार भारतीय रुपयाँबाट बिक्री गर्दै आएको थियो ।
अप्रिलिया एसआर १७५ मा १७४.७ सीसी सिंगल सिलिन्डर इन्जिन दिएको छ । उक्त इन्जिनले १२.९२ बीएच पावर र १४.१४ एनएम टर्क जेनेरेट गर्छ ।
यसअघि कै एसआर १६० मा प्रयोग भएको चेसिस, फ्रेम, सस्पेन्सन, ब्रेक जस्ता कम्पोनेन्टमा एसआर १७५ आउने छ । कम्पनीले यसमा सिंगल च्यानल एबीएस दिनेछ ।
एसआर १७५ स्कुटरमा कम्पनीले अप्रिलिया टुनो ४५० बाट टीएफटी डिस्प्ले दिएको छ । यसमा ब्लुटुथ कनेक्टिभिटी उपलब्ध हुनेछ ।


