टाटा मोटर्सले स्विजरल्यान्डको जेनेभामा जारी जेनेभा मोटर शोमा चर्चित माइक्रो एसयुभी हर्नवीलको प्रोटोटाईप सार्वजनिक गरेको छ । कम्पनीले एच–२–एक्स कन्सेप्टमा आधारित माइक्रो एसयुभी हर्नविलको प्रदर्शन गरेको हो ।
यसमा एयर क्राफ्टबाट प्रभावित ‘योक इन्स्पायर्ड स्टेयरिङग ह्वील’ दिइएको छ । यसका साथै १०.२ इन्चको डिस्प्ले, इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, सिंगल युनिट, डोर प्यानलमा फेब्रिक स्ट्राप र म्यासिभ ग्लस रुफलगायतका विशेषता दिइएको छ ।
हर्नवीलमा एलइडी डिआरएलएस, ट्रि एरो प्याट्रनको फ्रन्ट बम्पर दिइएको छ जसलाई कम्पनीले ह्यारीयरबाट लिएको हो ।
टाटा हर्नविल २.० डिजाइन अवधारणमा निर्माण भएको हो । डियुल टोन कलरमा उपलब्ध हर्नवीलको एक्सटेरियरमा एसि भेन्ट, सेन्टर कन्सोल र सेटब्याक प्यानल भेन्ट लगाइएको छ ।

टाटा हर्नवील अल्फा प्लाटफर्ममा निर्माण गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले हर्नविलमा १.२ लिटर थ्री सिलिन्डर रेभोट्रोन पेट्रोल इन्जिन र १.०५ थ्री सिलिन्डर रेभोटर्क डिजेल इन्जिनको प्रयोग गरिएको ।
कम्पनीले २०२० को दिल्ली अटो शोबाट हर्नवीललाई बजारमा उतार्ने अनुमान सुरु भएको छ ।


