काठमाडौं । बंगलादेशमा उत्पादित रनर ब्राण्डका मोटरसाइकल तथा स्कुटर अब पोखरामा उपलब्ध भएको छ । नेपालका लागि आधिकारीक बिक्रेता रमण मोटर्सले पोखराका लागि स्टारजोन कम्पनीलाई आधिकारीक डिलर नियुक्त गरेको हो । उक्त शोरुमको उद्घाटन एक कार्यक्रमका बीच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गरे ।
नेपालमा पहिलो पटक छ वर्ष वारेन्टी र ९ वटा फ्रि–सर्भिसका साथ रनर ब्राण्डका १०० सीसी देखि २५० सीसीसम्मका मोटरसाइकल र ११० सीसीको स्कुटरले देशका अन्य शहरहरुमा जस्तै पोखरामा बिक्री वितरण सुरु भएको रमण मोटर्सका जनरल म्यानेजर विनोद थापाले बताए ।
उद्घाटनको अवसरमा विशेष छुट प्रदान गर्नुको साथै आफ्नै रमण ब्राण्डको इन्जिन आयलसहित प्रशस्त मात्रामा आवश्यक स्पेयर्स पार्टस् र दक्ष तथा आधुनिक औजारसहितको सर्भिस सेन्टरबाट ग्राहकलाई पूर्ण सन्तुष्टिका साथ सेवा प्रदान गरिने स्टारजोनका निर्देशक विशाल वास्तोलाले जानकारी दिए ।

