काठमाडौं । सरकारले पहुँचवालाले मापदण्ड विपरीत प्रयोग गरिरहेको सरकारी गाडीहरू फिर्ता ल्याउने निर्णय गरेको छ ।
सोमबार मुख्य सचिवको नेतृत्वमा बसेको सचिवहरूको बैठकले मापदण्ड विपरीत प्रयोग भइरहेका सवारी साधन तत्कालै फिर्ता ल्याउने निर्णय गरेको हो ।
यस निर्णयसँगै अब कुनै पदाधिकारी वा कर्मचारीले आफ्नो पहुँचको आधारमा नियम विपरीत प्रयोग गरिरहेका सरकारी सवारी साधन फिर्ता ल्याइने छ ।
साथै सवारी साधन र प्रयोगकर्ताको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउन मन्त्रालयहरूलाई भनिएको छ ।
‘मन्त्रालय, आयोग, सचिवालय, विभाग, बोर्ड, संस्थान, प्राधिकरण समिति आदि निकायका सवारी साधनहरू र प्रयोगकर्ताको विवरण पठाउन बाँकी मन्त्रालयहरूले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने । यदि कुनै पदाधिकारीरकर्मचारीहरूले प्रचलित मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गर्ने, गराउने,’ सचिव बैठकको निर्णयमा भनिएको छ, ‘
मन्त्रालयमा रहेका सम्पूर्ण सवारी साधनको विवरण पब्लिक एसेट म्यानेजमेन्ट सिस्टम (पीएएमएस) प्रणालीमा अनिवार्य प्रविष्ट गर्ने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ ।


