जेनेभा मोटर शोमा एकपछि अर्को स्टाइलिर, पावरफुल र तिब्र गतिमा कुद्ने कारहरु सार्वजनिक भइरहेका छन् । आगामी मार्च १७ सम्म चल्ने उक्त मेलामा कोनिगसेग जेस्को कम्पनीले संसारकै तिव्र गतिको हाइपरकार ‘जेस्को’ प्रदर्शन गरेको छ ।
‘जेस्को’ हाइपर कारमा पावरफुल मोटर जडित छ, भने दमदार पफर्मेन्स दिने कम्पनीले दाबी गरेको छ । भि–८ इन्जिन लगाइएको उक्त इन्जिनले १६०० बीएचपी पावरका साथै २१७७ एनएम टर्क उत्पादन गर्छ ।
यसमा ९ स्पीड गियरबक्स दिइएको छ, कारको टपस्पीड क्षमता ४८३ किलोमिटर प्रतिघन्टा रहेको छ । कम्पनीले संसारकै तेज भनिएका कारलाई पछि पार्दै संसारकै तिव्र गतिको कार निर्माण गरेको हो । यसको उत्पादन सिमित हुने कम्पनीले जनाएको छ । संसारभर यो मोडलको बिक्री १२५ यूनिट मात्र गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले सन् २०२० को मध्यसम्ममा खरिदकर्तालाई डेलिभरी दिने जनाएको उक्त कारको मूल्य करिब ३० लाख डलर (करिब ३३ करोड नेपाली रुपैयाँ) तोकिएको छ ।

