नयाँ घर बनाउँदा गाडी राख्ने ठाँउ कसरी बनाउने ? गर्नुस् यी ५ काम

काठमाडौं । नयाँ घर बनाउने तर घरमा कार वा अन्य सवारीसाधन राख्ने स्थान नहुने समस्या धेरैमा हुने गरेको छ । कतिपयले त्यस्तो स्थान बनाए पनि साँघुरो बनाउँदा धेरै समस्या हुने गरेको छ । 

यसरी सवारीसाधन राख्ने स्थान नबनाउँदा एक त गाडी राख्ने स्थान नै नहुने र बनाएको स्थान साँघुरो बन्दा गाडीहरू कोरिने र आयुसमेत घट्ने गर्छ । नयाँ घरहरूमा ठूला कार तथा गाडी राख्नका लागि आकर्षक ग्यारेज यसरी बनाउन सकिन्छ । 

ग्यारेज बनाउँदा यी कुरा ध्यान

आफ्नो घरमा नयाँ ग्यारेज बनाउँदा तपाईं कुन कारमा किन्दै हुनुहुन्छ र भविष्यमा कस्तो र कतिवटा किन्नुहुन्छ भन्ने विषयमा पहिले नै अध्ययन गर्नुस् । सोहीअनुसारको स्पेश पहिले नै तयार गर्दा लामो समयसम्म ग्यारेजको झन्झटबाट मुक्त हुन सकिन्छ । गाडीको ग्यारेज बनाउँदा एसयूभी, सेडान, ह्याचव्याक तथा पीकअपका लागिसमेत हुने गरी तयार पार्नुस् । 

घरमै जोडिने ग्यारेज

नयाँ घरमा ग्यारेज बनाउनका लागि घरमै जोडेर पनि बनाउन सकिन्छ भने नजोडिकन छुट्टै पनि बनाउन सकिन्छ । जसको लागि तपाईंको घरमा रहेको खाली स्थानले पनि धेरै कुराहरू निर्धारण गरेको हुन्छ । घरमा जोडिएको ग्यारेजले धेरै सुविधा पनि प्रदान गर्छ । विशेषरूपमा चिसो, गर्मी र विभिन्न फेरबदल हुने मौसममा कारलाई सुरक्षित राख्छ । 

हेर्दा आकर्षक 

ग्यारेज तयार गरिसकेपछि बाहिबाट हेर्दा पनि आकर्षक मोडलहरू छनोट गर्नुस् । जसले तपाईंको ग्यारेज छिमेकीले समेत एकपटक हेर्नेछन् । ग्यारेजको प्रवेश द्वारदेखि मोहोडासम्मलाई ख्याल गनुस् । सबैभन्दा बढी ध्यान ग्यारेजको ढोकाले तान्ने गर्छ । 

राम्रो प्रवेशद्वार 

नयाँ घर निर्माणमा सबैभन्दा चासो प्रवेश द्वारमा दिनुस् । त्यसपछि आफ्नो ग्यारेजको प्रवेशमा पनि धेरै मिहिनेत गर्नुस्, जसले तपाईंको गाडीलाई सवै हिसाबले सुरक्षित बनाउँछ । कति मानिसहरूले कार राख्ने ग्यारेजभित्र जाने प्रवेशद्वार साँघुरो बनाउँदा गाडीहरू कोरिने तथा बिग्रिने गर्छ । जसबाट खर्च बढ्ने हुन्छ । 

ग्यारेज बनाउन कन्जुस्याईं नगर्नुस् 

सन् १९७१ मा १८ प्रतिशत नयाँ घरमा मात्रै अमेरिकामा ग्यारेज हुने गरेका थिए । त्यसको धेरै वर्ष पछि ३९ प्रतिशत नयाँ घरहरूमा ग्यारेज राखिएका थिए । सन् २००७ सम्ममा अमेरिकामा ६३ प्रतिशत घरमा ग्यारेज रहेका छन् । अझै अहिले १९ प्रतिशत नयाँ घरमा दुईवटा ग्यारेज रहेका छन् । नेपालमा पनि नयाँ घरहरूमा ग्यारेज बनाउने क्रम केही वर्षयता सुरु भएका छन् । 

विज्ञको सल्लाह 

तपाईंले ग्यारेज बनाउनुभन्दा पहिले ग्यारेज इञ्जिनियरसँग सल्लाह गर्नुस् । जसले तपाईंलाई राम्रो र सुविधासहितका डिजाइनहरूको सुझाव दिनेछन् । तपाईंले ग्यारेज बनाउँदा घरबाट सिधा ९० डिग्रीमा राख्नुस् । जसले सडकमा सिधा प्रभाव पर्न सक्छ भने ग्यारेजबाट सडकमा आफ्नो कार निकाल्न सहज हुनेछ ।


Back_to_top