पायोनियर मोटो कर्पले पायो ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’

काठमाडौं । निसान गाडीहरूको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपालमा सेल्स पर्फमेन्सको लागि बी–एसयूभी आइसीइ सेगमेन्टमा ‘२०२५ मार्केट सेयर एचिभमेन्ट अवार्ड’ प्राप्त गरेको छ ।

निसान मोटर इन्डियाद्वारा ‘डिफाइ अर्डिनरी’ आयोजित ‘एनुअल साउथ एसिया डिस्ट्रिब्युटर कन्फरेन्स २०२५’मा यो अवार्ड प्रदान गरिएको हो ।

उक्त सम्मान निसानको अफ्रिका, मध्यपूर्व, भारत, युरोप तथा ओसियाना (एएमआइइओ) क्षेत्रका ‘चिफ अफ कमर्सियल अपरेसन्स’ श्री लियोन डोरसेस र निसान मोटर इन्डिया प्रालिका प्रबन्ध निर्देशक सौरभ वत्साद्वारा संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो ।

भारतको चेन्नईस्थित महाबलीपुरममा आयोजित उक्त सम्मेलनमा निसानको दक्षिण एसियाका विभिन्न वितरक साझेदारहरूको उपस्थिति रहेको थियो ।

पायोनियर मोटो कर्पले नेपाली बजारमा निसान ब्राण्डको उपस्थिति सुदृढ पार्न सक्रीय भूमिका खेल्दै आइरहेको छ भने पछिल्ला वर्षहरूमा उल्लेखनीय सफलताहरू पनि हासिल गर्दै आएको छ ।

यस ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’ले नेपालमा निसानको प्रभावशाली सेल्स पर्फमेन्स र निरन्तर बजार नेतृत्वको निम्ति पायोनियर मोटरकर्पले गरेको योगदानलाई बढावा दिन्छ ।

कन्फरेन्समा दक्षिण एसियाको बजारका लागि निसानको आगामी रणनीति पनि प्रस्तुत गरिएको थियो, जसअन्तर्गत भारतमा उत्पादन हुने तीन नयाँ मोडलका गाडीहरू बी एमपीभी, सी एसयूभी र सी एसयूभी प्लस आगामी १८ महिनाभित्र सार्वजनिक गरिने योजना पनि समावेश थियो ।

साथै, क्षेत्रीय बजार विस्तारका लागि अन्य अन्तर्राष्ट्रिय मोडेलहरू समेत प्रस्तुत गरिने घोषणा गरिएको थियो । यी सबै मोडलहरू निसानको मूल एसयूभी डीएनए र जापानिज क्राफ्ट्समेनसिपको प्रतिबिम्ब हुनेछ ।

यी मोडलहरू निसानको ‘वन कार, वन वर्ल्ड’ रणनीतिअनुसार सार्वजनिक गरिनेछ जुन २०२४ को अक्टोबरमा नयाँ निसान म्यागनाइटको लन्चसँगै ल्याइएको थियो ।


Back_to_top