काठमाडौं । फ्रेन्च कार कम्पनी रेनोले कम्प्याक्ट क्रसओभर काइगरको फेसलिफ्ट मोडल लन्च गरेको छ । मेकानिकल फिचर पहिलाकै रहे पनि नयाँ काइगरको फ्रन्ट र इन्टेरियरमा धेरै फिचरहरू थपिएका छन् ।
नयाँ काइगरको फ्रन्टमा पहिलोको रेनोको डायमण्ड लोगोको सट्टामा रेनोको नयाँ लोगो राखिएको छ । लोगोसँगै नयाँ डिजाइनको स्मल साइजको ग्रील डिजाइन रहेको छ ।
त्यस्तै, फेसलिफ्ट काइगरमा एलईडी डीआरएल र एलईडी फगल्याम्प रहेको छ । यसमा लोअर बम्पर ठूलो साइजको ट्रापेजोडियल डिजाइनको साथमा सिल्भर फिनिस रहेको छ । यसको साइडमा नयाँ स्लाइलको १६ इन्चको अलोयह्वील रहेको छ भने फेन्डर गार्नेसमा अँग्रेजी अक्षरमा काइगर लेखिएको छ । यो कारको रुफरेलमा ५० केजीसम्मको लोड राख्न सकिने रुफ रेल दिएको छ ।
रियरमा पनि नयाँ लोगोको साथमा काइगर लेखिएको छ भने एलईभी टेललाईटको साथमा नयाँ डिजाइनको लोअर बम्पर रहेको छ। यसका अलावा रियरमा स्पिल्टी स्पोइलर र रुफमा सार्कफिन एन्टेना समेत रहेको छ ।

नयाँ काइगरको इन्टेरियरमा ड्युलटोन ड्यासबोड, रेन सेन्सिङ वाइपर, अर्कामिसको थ्रीडी सराउण्ड साउण्ड सिस्टम, ३६० डिग्री क्यामरा, भेन्टिलेटेड फ्रन्टसिट, वायरलेस स्मार्ट फोन कनेक्टिभिटी सहितको ८ इन्चको टचस्क्रीन डिस्प्ले, ६ वटा एयरब्याग, हिलस्टार्ट असिस्ट, ईएसपी, ट्रयाक्सन कन्ट्रोल, टायरप्रेसर मोनिटरिङ लगायत फिचर छ ।
रेनोले काइगरमा ३ सिलिण्डरको १.० लिटरको नेचुरल्ली एस्पिरेटेड र १.० लिटरको टर्बो इन्जिन अप्सन दिएको छ । यी दुई इन्जिनको साथमा ५ स्पीडको म्यानुअल, एएमटी र सीभीटी गियर अप्सन दिएको छ ।

