यामाहाले गोरखामा संचालनमा ल्यायो ‘थ्री एस’ शोरुम

काठमाडौं । यामाहा नेपालले गोरखाको गोरखानगरपालिका ६ मा नयाँ थ्री एस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्टस) शोरुम संचालनमा ल्याएको छ ।

गोरखामा यामाहाको आधिकारिक डिलर चन्दा सप्लायर्सले उक्त नयाँ शोरुम संचालनमा ल्याएको हो ।

चन्दा सप्लायर्सले एउटै छाना मुनि सबै सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम संचालनमा ल्याएको हो । उक्त शोरुम मार्फत ग्राहकहरूले सम्पूर्ण बिक्री परामर्श, भरपर्दो बिक्री पछिको सेवा तथा जेन्युन स्पेयर पार्टस एकै स्थानमा पाउने छन्।

नयाँ शोरुम उद्घाटन अवसरमै कम्पनीले लोकप्रिय मोडल एफजेड र एमटी श्रृंखलाका नयाँ भेरियन्ट सार्वजनिक समेत गरेको छ । यी नयाँ मोडलहरूले ताजा स्टाइल र नेपाली राइडरहरूलाई लक्षित एडभान्स्ड फिचरहरुसहित यामाहाको पोर्टफोलियोलाई अझ सशक्त बनाएका छन्।

एमए डब्ल्यू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले गोरखामा नयाँ थ्री एस शोरुम संचालनमा ल्याइएसँगै यामाहाका ग्राहकहरूलाई अझ नजिक ल्याउने यात्रामा अर्को महत्वपूर्ण कदम रहेको बताए ।

‘गोरखामा यो नयाँ थ्री एसशोरुम यामाहाका उच्च प्रदर्शनयुक्त उत्पादन र उत्कृष्ट सेवालाई हाम्रा ग्राहकहरूको अझ नजिक ल्याउने यात्रामा अर्को महत्वपूर्ण कदम हो। नयाँ एफजेड र एमटी भेरियन्टको लन्चसँगै, हामी गोरखा तथा आसपासका राइडरहरूलाई स्टाइल, प्रदर्शन र भरोसानको संयोजन भएका अझ धेरै विकल्पहरू प्रदान गर्दैछौं। हामी ग्राहक सेवा, पूर्वाधार र प्राविधिक दक्षतामा उच्चतम मापदण्ड कायम राख्दै हाम्रो सञ्जाललाई निरन्तर विस्तार गर्न प्रतिबद्ध छौं,’ उनले भने ।


Back_to_top