बीवाइडी सिलायन सिक्सको बिक्रीमा उछाल, के छ गाडीमा खास ?

काठमाडौं । चिनियाँ न्यू इनर्जी कार ब्राण्ड बीवाइडीको नयाँ मोडल सिलयन सिक्सको बिक्रीमा उछाल आएको छ । कम्पनीले सिलायन सिक्सलाई बजारमा उतारेको ३९ दिनमा ३५ हजार ४८३ युनिट बिक्री भएको दाबी छ ।

बीवाइडीको ओसियन सिरिज अन्तर्गत उत्पादन भएको सिलायन सिक्सले बजारमा राम्रो बिक्री पाएको जानकारी कम्पनीका ओसियन सिरिजको बिक्री विभागकका महाप्रन्धक झाङ झुओले विभो मार्फत जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘सिलयान सिक्सको सुरुवातमै उपभोक्ताको प्रतिक्रियाबाट हामी उत्साहित भएका छौं ।’

चिनियाँ कम्पनीले जुलाई २४ तारिखमा मात्रै सिलायन सिक्स लन्च गरेको थियो । यसअघिको सिलायन सिरिज जस्तै यसलाई पनि डिएम-आई हाइब्रिड र प्योर इलेक्ट्रीकमा ल्याएको छ । चीनमा हाइब्रिड मोडलको सुरुवाती मूल्य १९ हजार ५६० अमेरिकी डलर छ । प्योर ईभी मोडलको मूल्य भने २० हजार १०० डलरबाट सुरु गरिएको छ ।

नेपाली बजारमा अघिल्लो महिनाबाट मात्रै बिक्री सुरु भएको सिलायन सेभेनभन्दा केही मात्रै सानो साइजमा सिलायन सिक्स छ । यसको लम्बाइ ४८१० एमएम, चौडाइ १९२० एमएम र उचाइ १६७५ एमएम छ । यसमा २८२० एमएम लामो ह्वीलवेस दिइएको छ ।

बीवाइडीले सिलायन सिरिजमा यसअघि सिलायन सेभेन र सिलायन फाइभ बिक्री गर्दै आएको थियो । अबभने लाइनअपमा नयाँ मोडल पनि थप भएको हो । सिलायन सिरिज गत अगस्ट महिनामा बीवाइडीले ५३ हजार २७९ युनिट बिक्री गरेको थियो । जुन कम्पनीको कुल बिक्रीको १४.२५ प्रतिशत हो । सिलायन सिरिजमा नयाँ मोडल सिक्सको हिस्सा ५७.२१ प्रतिशत देखिएको छ ।

कम्पनीले सिलायन सिक्सलाई दुई ब्याट्री अप्सनमा ल्याएको छ । जसमा ६५.२८ र ७८.७२ किलोवाट आवरको ब्याट्री छ । यस प्रयोग भएको ब्याट्री भने बीवाइडीकै ब्लेड टेक्नोलोजीमा बनेको एलएफपी हो ।


Back_to_top