काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
जेन जीको आन्दोलनले उग्र रुप लिएपछि प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो राजीनामा दिएका हुन् ।
‘…हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ ९१० क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ ओलीले आफ्नो राजीनामापत्रमा भनेका छन् ।
ओली पछिल्लो पटक २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
सोमबार भएको आन्दोलनमा राज्यले बर्बर दमन गर्दा १९ जनाको मृत्यु भएको थियो भने ४०० बढी घाइते भएका थिए । त्यसपछि मंगलबार देशभर आन्दोलने उग्र रुप लिएका थिए ।
आज देशभर राजनीतिक दलका नेताका घर, पार्टी कार्यालय, प्रहरी बिट सार्वजनिक संरचना लगायतमा आगलागी भएको छ ।

