काठमाडौं । नेपालका लागि होन्डाको आधिकारीक बितरक स्याकार ट्रेडिङले नेपालमा ५० वर्ष पुरा गरेको अवसरमा ‘सम्बन्धका सपनाहरु’ योजना संचालन गरेको थियो ।
उक्त योजना अन्तर्गत मोटरसाइकल खरिद गरेर धुलिखेलका बिशाल थापाले ५० लाख रुपैयाँ नगद पुरस्कार पाएका हुन् ।
कम्पनीले संचालन गरेको दसैं तिहार विशेष योजना अन्र्तगत २५ भदौदेखि माघ २५ सम्म संचालित उक्त योजनामा २५ हजार २ सय ६५ जनाले मोटसाइकल तथा स्कुटर किनेका थिए ।
सहभागी कम्पनीले ५० जनालाई छनोट गरेको थियो । छनोट भएका ५० जनाले आफ्नो भिडियो बनाई फेसबुकमा अपलोड गरेका थिए । अपलोड गरिएको मध्ये थापाको भिडियो सर्बाधिक लाइक कमेन्ट र शेयर भएको थियो ।
उक्त भिडियोमा थापाले आफ्नो डाक्टर बन्ने लक्ष्य रहेको बताएका थिए । पुरस्कार पाएपछि थापाले पुरस्कारमा जितेको रकमले आफु डाक्टर बन्न प्रयोग गर्ने र भविष्यमा नेपालमै रही दुःखीहरुको सेवा गर्ने बताए ।


