काठमाडौं । मुग्लीङ्ग–नारायणगढ सडकखन्डको गाइघाट जल्बिरेमा ग्यास बुलेट र बस सडकमै पल्टदा बाटो अबरुद्ध भएको छ । दुबै तर्फ ५–५ किलोमिटर लामो जाम भएको छ ।
ट्राफिक प्रहरीको सहयोगमा सडकमा पल्टीएको ग्यास बुलेट र बसलाई पन्छाएर एकतर्फी सडक खुलाइएको छ ।
यसरी सडकनै बन्द हुनेगरी भएको दुर्घटनामा कुनै किसिमको मानविय क्षती भने भएको छैन । लामो जाम भएका कारण एकतर्फीमात्रै बाटो खुल्दा यात्रा गर्ने यात्रुलाई भने किनै समस्या परेको बताइएको छ ।

