काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नतीका लागि ३ महिनासम्म राती १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने भएको छ । जसका कारण विमानस्थल दैनिक १० बन्द हुनेछ । यही चैत १८ गतेदेखि ३ महिनासम्म १५ प्रतिशत उडान समेत कटौती हुने भएको छ ।
विमानस्थलको मुख्य रनवेमा ठाउँ–ठाउँमा चिरा देखिएकाले मेन्टेनेन्स गर्न लागिएको हो । विमानस्थल रनवे बनाउनका लागि यही अप्रिल १ तारिकदेखि जुन ३० सम्मका लागि बन्द हुन लागेको नागरिक उड्यन प्राधिकरणले जानकारी दिएको छ ।
त्रिभुवनविमान स्थलका प्रवक्ता प्रतावबाबु तिवारीका अनुसार रातीको समयमा काम हुने भएकाले बिहान ८ बजेदेखि राती १० बजेसम्म मात्र उडान भरिने छ ।
‘रातीका केही सिफ्टलाई डेमा राखिने छ, १५ प्रतिशत फ्लाइट कटौटी गरेर उडान तालिका तयार पारिएको छ,’ तिवारीले मेरोअटोसँग भने । राती उडान भर्ने यात्रुलाई दिउसोको समयमा एड्जस गर्न लागिएको उनले बताए ।

