काठमाडौं । भदौ २५ गतेदेखि बन्द रहेको मनकामना केबलकारले आजदेखि नियमित रूपमा संचालनमा आएको छ ।
भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि संचालनमा आएको हो ।
मनकामना केबलकार प्रमुख उज्वल शेरचनले आजदेखि सेवा नियमति गरिएको बताए । सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्म सम्भारको काम भएको उनले बताए ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनास्थित मनकामनामाईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।
यस केबलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना-४ स्थित चेरेसमा पर्दछ।

