सिप्रदीयन सहायता र टाटा ट्रस्टको सहकार्यमा विद्यालय भवन हस्तान्तरण

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक संस्था सिप्रदीयन सहायता संस्था र टाटा ट्रस्टको सहकार्यमा निर्मित विद्यायल भवन हस्तान्तरण भएको छ । टाटा कम्युनिटि इनिसियटिभ ट्रस्टको वित्तिय सहयोगमा बनेको वलेफी गाउपालिका ४ सिन्धुपाल्चोकमा नवनिर्मित विद्यालय हस्तान्तरण भएको हो । 

जालपादेवी माध्यमिक विद्यालयको उक्त नवनिर्मित भवन अत्याधुनिक भुकम्प प्रतिरोधी तथा अपांग मैत्रि रहेको छ । १२ कोठे उक्त भवनमा पुस्तकालय, विज्ञान प्रयोगशाला, अपांगमैत्री शौचालय र स्वच्छ खानेपानीको व्यवस्था समेत गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, सिप्रदीयन सहायता संस्थाका उपाध्यक्ष सम्भुप्रसाद दाहाल, सिप्रदी कम्पनीका सीइओ राजनबाबु श्रेष्ठ, टाटा ट्रस्टका सीओओ हरिस कृष्णस्वामीलगायतको उपस्थिमा उक्त विद्यालय भवन हस्तारण गरिएको थियो । 

सो पुनर्निर्मित विद्यालयमा १२ वटा कक्षाहरु, लिंगभेदी, अपांगमैत्री, सेवा सुविधायुक्त शौचालय, कम्प्युटर प्रयोगशाला तथा अन्य सुविधाहरु उपलब्ध रहेका छन् । सो भवन पूर्ण रुपमा सुविधा तथा सामग्रीहरुले सुसज्जित भएको तथा भूकम्प निरोधक र अपांगमैत्री प्रविधि सहित निर्माण गरिएको छ ।

टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा नेपाल अर्थक्युयिक रिह्याविटेसन ईनिसिएटिभको समन्वयमा सातवटा बिद्यालय र स्वास्थ्य चौकि पुनर्निमाणमा सहयोग गर्दै आइरहेको छ । श्री शारदा उच्च माध्यमिक बिद्यालय र श्री जालपादेवी माध्यमिक बिद्यालय निर्माण सम्पन्न भईसकेको छ । 

अन्य विद्यालयहरु क्रमश श्री कुपकन्या माध्यमिक बिद्यालय, श्री मार्मिङ आधारभुत बिद्यालय, श्री तपिनारायण आधारभुत बिद्यालय, श्री जनज्योति आधारभुत बिद्यालय, र पुल्पिङकट्टी स्वास्थ्यचौकिको पुनर्निमाण अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ । 


Back_to_top