टाटा मोटर्सको स्वामित्वमा रहेको ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)ले यही वर्षदेखि भारतमा मल्टिपल इलेक्ट्रिफाइड मोडल सार्वजनिक गर्ने घोषणा गरेको छ । उक्त कार हाइब्रिड तथा व्याट्रि दुवैबाट चल्ने छन् ।
यो वर्षको अन्त्यमा जेएलआरले भारतमा पहिलो हाइब्रिड कार सार्वजनिक गर्ने जनाएको छ । त्यस्तै २०२० को मध्यतिर जेएलआरको पहिलो व्याट्रि इलेक्ट्रीक कार ज्यागुअर आइ–पेस भारतमा सार्वजनिक गर्ने भएको छ ।
जेएलआरले २०२० सम्ममा विभिन्न मोडलका इलेक्ट्रीक सवारी ल्याउने घोषणा यसअघि नै गरि सकेको थियो । त्यही अनुरुप कम्पनीले आफ्नो काम अघि बढाएको जेएलआर इन्डियाका प्रमुख तथा म्यानेजिङ डिरेक्टर रोहीत सुरीले बताए ।
भारतमा विद्युतीय सवारीका लागि सरकारले लिएको नीति राम्रो भएकाले त्यही अनुरुप कम्पनीहरुले पनि त्यस्ता सवारी ल्याउने क्रममा रहेको सुरीको भनाइ छ ।

