वीरगंजमा दीपलको टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प हुँदै

वीरगंज । वीरगंजमा असोज ३० गतेदेखि चारदिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प आयोजना हुने भएको छ ।

नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले वीरगंजमा दीपलको नयाँ स्टेट अफ आर्ट शोरुम शुभारम्भको अवसरमा अवसरमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको हो ।

एक्सचेन्ज क्याम्पमा ग्राहकले दीपल र अवतारका लक्जरियस ईभीको अनुभव गर्नुका साथै सट्टापट्टा गर्न पाउने कम्पनीले जनाएको छ ।

यस कार्यक्रमको मुख्य आकर्षण आइएफ डिजाइन अवार्ड विजेता दीपल एस०५ हुनेछ । जुन नाडा अटो शोमा स्टपरका रुपमा स्थापित भएको थियो । रिमोट इन एन्ड आउट पार्र्किङ, क्विन कोपाइलट सी र ५ हजारभन्दा बढी चार्ज साइकलयुक्त गोल्डेन शिल्ड ब्याट्री जस्ता अत्याधुनिक प्रविधिका कारण नेपालमा सार्वजनिक भएको दुई महिनामै एस ०५ लोकप्रिय ईभी बन्न सफल भएको छ ।

यो विशेष एक्सपिरियन्स र एक्सचेन्जमा दीपल एस०७ आईसीएस, दीपल ई०७, दीपल एल०७ र अल्ट्रा प्रिमियम इन्टेलिजेन्ट एसयूभी अवतार ११ पनि प्रदर्शनमा राखिनेछ । साथै, ह्युमनोइड रोबोट र कुकुर रोबोट पनि प्रदर्शन गरिने छ ।

कात्तिक २ गतेसम्म चल्ने एक्सचेन्ज क्याम्पमा ग्राहकले सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु, बोनस, नगद छुट, रोड ट्याक्स, इन्स्योरेन्स, ट्राभल चार्जर र एसेसोरिज निःशुल्क पाउने छन् ।


Back_to_top