अर्को महिना बजारमा आउँदै टाटाको नयाँ एसयूभी, ३ वटा स्कृन पाइने

काठमाडौं । टाटा मोटर्सको बहु प्रतिक्षित नयाँ एसयूभी सियरा अर्को महिनाबाट बजारमा आउने भएको छ । करिब एक वर्ष अगाडि नै लगभग उत्पादनको लागि तयार सियरा नोभेम्बर महिनाबाट बजारमा आउने भएको हो ।

भारतीय अटोमोबाइल जाइन्ट टाटाले सियरा ईभीलाई टेक फिचरले भरिपूर्ण बनाएर ल्याउन लागेको हो । यसको ड्यासबोर्डमा तीन वटा स्कृन दिइने छ । बाहिर आएको तस्बिरहरुमा देखिए अनुसार यसमा ट्रिपल स्कृन सेटअप हुनेछ ।

टाटा सियरामा डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, सेन्टर टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले र अगाडि बस्ने प्यासेन्जरको लागि छुट्टै डेडिकेटेड स्कृन उपलब्ध हुनेछ । उक्त तीन स्कृनको प्रयोगले एसयूभीको क्याविनलाई हाइटेक र लग्जरी बनाएको अनुभव गर्न सकिन्छ ।

भारतमा उत्पादन हुने कारमा तीन वटा स्कृनको प्रयोग महिन्द्राले ‘एक्सइभी ९ई’बाट सुरु गरेको थियो ।

टाटा सियरा एसयूभीको ड्यासबोर्डमा टेम्प्रेचर सेटिङको लागि फिजिकल र डिजिटल बटमहरु उपलब्ध हुनेछ । इलुमीनेटेड लोगो सहितको फ्ल्याट बटम स्टेरिङ ह्वीलले सियरालाई उत्कृष्ट देखाएको छ ।

बक्सी तथा मस्कुलर बडी डिजाइन भएको टाटा सियराको अगाडि एलइडी डीआरएल, स्प्लीट हेडल्याम्प र पछाडि कनेक्टेड एलइडी टेललाइट दिइएको छ ।

सियरा पेट्रोल, डिजेल र इलेक्ट्रीक पावर ट्रेनको साथ बजारमा आउने छ । जसमा १.५ लिटर टर्बो पेट्रोल, २.० लिटर क्रायोटेक डिजेल इन्जिन रहने छ । यी इन्जिनसँग म्यानुअल र अटोमेटीक गियरबक्स उपलब्ध हुनेछ । टप भेरियन्ट भने अल ह्वील ड्राइभ सिस्टमको साथ आउने अनुमान छ ।

ह्यारीयर ईभी नै बनाएको सेकेण्ड जेनेरेशन ईभी आर्किटेक्चर तयार पारेको अल इलेक्ट्रीक सियरामा रहने मोटर र ब्याट्रीको बारेमा कुनै जानकारी बाहिर आएको छैन ।


Back_to_top