सुजुकी अल्टो-८०० बन्द हुँदै, तीन महिना भित्र नयाँ अल्टो आउने

मारुती सुजुकीले आफ्नो चर्चित ह्याचब्याक कार अल्टो-८०० को उत्पादन बन्द गर्ने भएको छ । मारुती-८०० को नामबाट भारतीय बजारमा १९८४ मा सार्वजनिक भएको अल्टोको चौथो जेनेरेशन २००० को सेप्टेम्बरमा सार्वजनिक भएको थियो ।  

२००८ को फेब्रुअरीसम्ममा अल्टो १० लाख वटा बिक्री भएको थियो । १२ वर्षसम्म भारतको सवार्धिक बिक्री हुने कारको सूचिमा रहेको अल्टो–८०० लाई मारुती सुजुकी कै डिजायरले गत वर्ष उछिनेको हो। 

सन् २०१४ को नोभेम्बरमा अल्टो के–१० को सेकेन्ड जेनेरेसन आएको थियो । भारतीय बजारमा पहिला मारुती-८०० र त्यसपछि अल्टोको नामबाट बिक्री वितरण हुँदै आएको यो कार अहिलेसम्म ३५ लाख यूनिटभन्दा धेरै बिक्री भइसकेको छ ।

अब भने मारुती सुजुकी इन्डियाले अल्टो–८०० बन्द गरेर नयाँ स्पोर्ट भर्सनमा बजारमा उतार्ने तयारी अन्तिममा पुर्याएको रिपोर्टहरु सार्वजनिक भएका छन् । 

कम्पनीले नयाँ अल्टो स्पोर्ट मोडल अबको तीन महिना भित्र बजारमा ल्याउने अनुमान गरिएको छ । 

यस्तो हुने छ नयाँ अल्टो

भारत सरकारले लागु गरेको ‘न्यु भेइकल सेफ्टी एसेस्मेन्ट प्रोग्राम’ र नयाँ प्रदुषण मापदन्ड पुरा गरेर ल्याउने तयारीमा कम्पनी जुटेको छ । 

जापानमा बिक्री गरिने अल्टो जस्तै यसको डिजाइन हुने र भारतीय रोजाईलाई पनि ध्यान दिइने कम्पनीले जनाएको छ । नयाँ अल्टोमा ९९८ सीसी क्षमताको इन्जिन प्रयोग गरिने कुरा बाहिर आएको छ । 


Back_to_top