नयाँ जेनेरेसन भेन्यूमा इन्जिन उहि, अरू कति फरक ?

काठमाडौं । हुन्डाईले ६ वर्षपछि आफ्नो सफल मोडल भेन्यू एसयूभीको नयाँ जेनेरेसन ल्याएको छ । कम्पनीले अर्को साता नोभेम्बर ४ मा बजारमा ल्याउने नयाँ जेनेरेसन भेन्यूमा इन्जिन पहिलेकै निरन्तर रहने भएको हो ।

इन्जिन बाहेक भेन्यूमा ब्यापक परिवर्तन भएर आउने छ । उक्त गाडीको फोटो सार्वजनिक गर्दै हुन्डाईले आफ्नो सफल मोडललाई थप आक्रमक बनाएर ल्याएको संदेश दिएको हो ।

नयाँ जेनेरेसन भेन्यू आकर्षक डिजाइन, टेक फिचरले भरिपूर्ण र थप धेरै नयाँ भेरियन्टका साथ आउने कम्पनीले जनाएको छ । अहिलेसम्म भारतमा मात्रै ७ लाख युनिट बिक्री भएको भेन्यू नेपालमा पनि राम्रै संख्यामा बिक्री भइरहेको छ ।

भारतमा प्रि-बुकिङ खुला भएको नयाँ जेनेरेसन भेन्यूलाई आकर्षक बनाउन कोरियन निर्माताले निम्न कुराहरुमा निकै मिहिनेत गरेको देखिन्छ ।

बिग, बोल्ड र स्मार्ट

हुन्डाईको नयाँ भेन्यू पहिलाको भन्दा अग्लो र थप चौडा भएको छ । नयाँ भेन्यूको लम्बाइ ३९९५ एमएम, चौडाइ १८०० एमएम, उचाइ १६६५ एमएम छ । ह्वीलवेस पनि २० एमएमले लामो भएर २५२० एमएमको दिइएको छ ।

नयाँ भेन्यूको बाहिरी डिजाइन थप मस्कुलर देखिन्छ । नयाँ क्वार्ड विम एलइडी हेडल्याम्प, टुइन हर्न एलइडी डीआरएल, डार्क क्रोम ग्रिल र ब्रिड टाइपको रुफरेलले थप आकर्षक देखिन्छ । पछाडि दिइएको ग्लास भित्र भेन्यूको ब्राण्डिङ, होरिजेन्टल स्टाइलको कनेक्टेड टेलल्याम्पले पछाडिबाट हेर्दा पनि निकै आकर्षक देखिन्छ ।

नयाँ इन्टेरियर

हुन्डाईले भेन्यूको क्याविन एक्सपिरीयन्स उत्कृष्ट बनाउन यसको ड्सबोर्डमा इन्फोटेन्मेन्ट र डिजिटल क्लस्टरको लागि १२.३ इन्चको दुई कर्भ प्यानारोमिक डिस्प्ले दिएको छ ।

ड्यूल टोनको इन्टेरियर थीममा रहेको नयाँ भेन्यूमा एम्बीयन्ट लाइट, डी कट स्टेरिङ ह्वील, ड्यूल टोन लेदर सिट, २ स्टेप रिक्लाइन रियर सिट, रियर विण्डोसनसेड र रियर एसी भेन्ट दिएको छ ।

पेट्रोल, टर्बो र डिजेल अप्सन

हुन्डाईले नयाँ भेन्यूमा इन्जिन भने पहिलेकैलाई निरन्तरता दिएको छ । तीन फरक इन्जिनमा आउने भेन्यूमा १.२ लिटर कापा एमपीआई पेट्रोल, १.० लिटर जीडीआई पेट्रोल र १.५ लिटर सीआरडीआई डिजेल इन्जिन अप्सन छ । नयाँ भेन्यूमा म्यानुअल, आईएमटी, अटोमेटीक र ७ स्पीड अटोमेटिक डीसीटी गियर दिइएको छ ।


Back_to_top