कावासाकीले ल्यायो नयाँ एड्भेन्चर मोटरसाइकल, इन्जिन ४५० सीसी

काठमाडौं । कावासाकीले ४५० सीसी नयाँ एड्भेन्चर मोटरसाइकल अमेरिकी बजारमा सार्वजनिक गरेको छ । कम्पनीले २०२४ इआइसीएमए (इक्मा) अटो शोमा प्रदर्शन गरेको मोटरसाइकल केएलई ५०० अमेरिकी बजारमा बिक्री सुरू गरेको हो ।

कावासाकीको आइकनिक नेमप्लेट केएलईमा १८ वर्षपछि नयाँ मोटरसाइकल ल्याएको हो ।

कम्पनीले २००७ मा पहिलो पटक केएलई नेमप्लेटमा मोटरसाइकल ल्याएको थियो । अहिले कम्पनीले २ भेरियन्टमा केएलई ५०० सार्वजनिक गरेको हो । हालका लागि अमेरिकी बजारमा मात्र यो मोटरसाइकल उपलब्ध हुनेछ ।

कावासाकी केएलई ५०० मा ४५१ सीसी, प्यारल्ल ट्वीन सिलिन्डर इन्जिन दिइएको छ । यो इन्जिन निन्जा ५०० बाट लिइएको हो । कम्पनीले यसको आउटपुटको बारेमा कुनै जानकारी बाहिर ल्याएको छैन् । निन्जा ५०० मा भएको यो इन्जिनले ४५.४ हर्षपावर र ४२.६ न्युटनमिटर टर्क जेनेरेट गर्छ ।

कम्पनीले यो मोटरसाइकलमा फ्रन्ट र रियरमा भेर्सेस ६५० मा भएको स्र्पोकेट प्रयोग गर्नेछ ।
कम्पनीले एड्भेन्चर डिजाइनमा तयार पारेको यो मोटरसाइकलमा १९ केजीभन्दा कमको स्टील ट्रेलिस फ्रेम दिएको छ । मोटरसाइकलको फ्रन्टमा ४३ एमएमको केवाइबी युएसडी फोर्क २१० एमएम ट्राभल सस्पेन्सन सहित र रियरमा २०० एमएम ट्राभल भएको प्रिलोड मोनोशक सस्पेन्सन सेटअप रहेको छ ।

यो मोटरसाइकलको सिट हाइट ५६० एमएम अग्लो हुनेछ तर, यसको ग्राउन्ड क्लियरेन्स भने १७२ एमएम मात्र रहेको छ । यसको फ्रन्टमा २१ इन्च र रियरमा १७ इन्चको ह्वील प्रयोग गरिएको छ ।

कावासाकी केएलई ५०० को स्ट्याण्डर्ड भेरियन्टमा एलसीडी डिस्प्ले र एसई भेरियन्टमा टीएफटी डिस्प्ले उपलब्ध छ । मोटरसाइकलमा विन्ड स्क्रीन, नकल गार्ड, स्कीड प्लेट, पुरा एलईडी लाइट सेटअप, एबीएस जस्ता फिचर उपलब्ध हुनेछन् ।

अमेरिकी बजारमा स्ट्याण्र्डड भेरियन्टको मूल्य ६ हजार ५९९ अमेरिकी डलर र एसई भेरियन्टको मूल्य ७ हजार ४९९ अ‍ेमरिकी डलर रहेको छ ।

भारतीय बजारमा २०२६ सम्ममा यो मोटरसाइकल सार्वजनिक हुने अनुमान गरिएको छ । भारतमा सार्वजनिक हुँदा यो मोटरसाइकलको मूल्य ५ लाख भारतीय रुपैयाँ हुने अनुमान गर्न सकिन्छ । नेपालमा समेत कावासाकी आउँने हल्ला सुरु भएको छ । यदी यो मोटरसाइकल नेपाल आउँने हो भने १२ लाख हारहारीमा नेपालमा बिक्री हुने अनुमान गर्न सकिन्छ । नेपालमा यो सेग्मेन्टमा सीएफमोटोको ४५० एमटी र रोयल इनफिल्ड हिमालयन ४५० बिक्री भइरहेको छ ।


Back_to_top