जनकपुरकी पिंकीले पाइन ३ लाखको स्कुटर किन्दा ५ लाख डिस्काउन्ट

काठमाडौं । जनकपुरकी पिंकी कुमारी साहले ३ लाख पर्ने स्कुटर खरिद गर्दा ५ लाख नगद छुट पाएकी छिन् । हिरोले ल्याएको फेस्टिभ अफरमा स्कुटर किनेकी पिंकीले ५ लाख जित्न सफल भएकी हुन् ।

दशैं तिहार पर्वको अवसरमा सीजी मोटर्सले सञ्चालन गरेको ‘हाम्रो परम्परा’ अफर अन्तर्गत जनकपुरकी पिंकी कुमारी साहले ५ लाख रूपैयाँको क्यास डिस्काउन्ट जितेकी हुन् ।

जनकपुर अबस्थित पिंकि कुमारी साहले ३ लाख ९ हजार ९०० रपैयाँ पर्ने हिरोको जुम १२५ स्कुटर खरिद गर्दा ५ लाख रुपैयाँ नगद छुटका रुपमा पाएकी हुन् ।

उनले स्कुटरको मूल्य भन्दा १ लाख ९० हजार १०० रुपैयाँ बढि नगद उल्टै आफैले पाएकी छन् ।

उनले जनकपुरस्थित स्वस्तिक अटो एन्ड ट्रेडिङबाट स्कुटर खरिद गरेकी हुन् । यो अफरमा हिरो स्कुटर खरिदकर्तामध्येबाट लक्की ड्र मार्फत चयन गरिएको हो ।

नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले देशभरका ग्राहकहरूलाई लक्षित गर्दै दशैंतिहारमा विशेष छुट, गिफ्ट ह्याम्पर र आकर्षक क्यास अफरहरू सार्वजनिक गरेको थियो ।


Back_to_top