बजारमा चम्किँदै जिली ईएक्स फाइभ, २.१० लाख युनिट नाघ्यो बिक्री

काठमाडौं । जिली अटो ग्रुपको प्योर इलेक्ट्रीक एसयूभी जिली ईएक्स फाइभले विश्व बजारमा आफ्नो प्रभाव जमाउँदै गएको छ ।

जिली ईएक्स फाइभले विश्व बजारमा प्रवेश गरेको छोटो समयमै २ लाख १० हजार युनिट बिक्रीको माइलस्टोन पूरा गरेको हो ।

यो उपलब्धिले जिली ईएक्स फाइभलाई आफ्नो सेग्मेन्टको सबैभन्दा सफल नयाँ ईभीको रुपमा स्थापित गरेको कम्पनीको भनाइ छ ।

जिली ईएक्स फाइभ चीनमा सार्वजनिक भएको करिब सात महिनामै १ लाख युनिटभन्दा बढी बिक्री भएको थियो । हाल ईएक्स फाइभ थाइल्याण्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, युरोप, ल्याटिन अमेरिकीका २६ देशमा बिक्री वितरण हुँदै आएको छ ।

जिलीले आगामी वर्ष ब्राजिल, पोल्याण्ड, बेलायत, इटाली र हङकङ जस्ता प्रमुख बजारहरू आफ्नो उपस्थिति जनाउने योजना बनाएको छ ।

नेपालमा पनि जिलीको ईएक्स फाइभको दुई भेरियन्ट बिक्री हुँदै आएको छ । गत साउनदेखि नेपाली बजारमा आएको ई एक्स फाइभले उपभोक्ताको मन जित्न सफल भएको छ ।

नेपालमा ईएक्स फाइभको माग बढेसँगै आधिकारिक बिक्रेता एलआरआर मोटर्सले एक वर्ष भित्रै देशभर १४ वटा नयाँ शोरुम खोल्न आक्रमक योजना बनाएको छ ।

जिली अटोले सन् २०२५ को पहिलो ६ महिनामै विश्वभरी १४ लाख सवारीसाधन बिक्री गरेका् छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशत धेरै हो । यस उपलब्धीसँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्यलाई २० लाख ७१ हजार युनिटबाट बढाएर ३० लाख युनिट पुर्याएको छ।

जिली ईएक्स फाइभले विश्वस्तरको सुरक्षा र डिजाइनमा नयाँ मापदण्ड स्थापित गरेको छ । यसले सन् २०२५ मा युरो एनक्याप र अस्ट्रेलियन एनक्याप दुवैबाट फाइभ-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ।

यस्तो छ जिली ईएक्स फाइभ

जिली ईएक्स फाइभ एक आकर्षक एसयूभी हो । यसको डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्य सबै आकर्षक छन् ।

नेपालमा बिक्री हुने जिली ईएक्स फाइभको दुवै भेरियन्टमा १६० किलोवाटको मोटर जडान गरिएको छ । यसले दिने २१५ हर्सपावरले ६.९ सेकेन्डमै ० देखि १०० किलोमिटर गुड्ने क्षमता राख्छ ।

ब्याट्रीको साइज पनि दुवै भेरियन्टमा समान ६०.२ किलोवाट आवरको छ । सर्ट ब्लेड ब्याट्री भएको कारण यसको सुरक्षा मापदण्ड अब्बल मानिन्छ । एलआरआर मोटर्सले ब्याट्रीमा ८ आठ वर्ष वा अन लिमिटेड किलोमिटर वारेन्टी प्रदान गरेको छ ।

ईएक्स फाइभको बाह्य डिजाइन आधुनिक र एरोडायनामिक प्रोफाइलमा आधारित छ । सार्प र बलियो बडी डिजाइन देखिने एसयूभीमा १५.४ इन्चको टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ पाउन सकिन्छ ।

दुवै भेरियन्टमा सुरक्षाका लागि ६ वटा एयरब्याग, एबीएस, ईबीडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका फिचर छन् । दुवैमा इन्टिग्रेटेड स्मार्ट यूआइ, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ ।


Back_to_top