काठमाडौं । ग्रेटवाल मोटर्सको न्यू इनर्जी भेहिकल ब्राण्ड ओराको पहिलो कम्प्याक्ट एसयूभी ओरा फाइभको प्रिसेल सुरू भएको छ ।
कम्पनीले सुरूवाती मूल्य १५ हजार ४०० डलर तोक्दै ओरा फाइको ५ भेरियन्टको बुकिङ लिन थालेको हो ।
ओरा फाइभको लम्बाइ ४४७१ एमएम, चौडाइ १८४४ एमएम, उचाइ १६४१ एमएम रहेको छ । यो एसयूभीको ह्वीलबेस २७२० एमएम छ ।
ओरा फाइभ कम्प्याक्ट ईभीमा रुफ लाइडार सहितको २७ वटा सेन्सर रहेको छ । यो ईभीमा जीडब्लूएमले विकास गरेको कफि पाइलट अल्ट्रा एड्भान्स ड्राइभिङ असिस्ट सिस्टम समेत रहेको छ ।
एसभोल्टले उत्पादन गरेको ४५.३ र ५८.३ किलोवाट आवरको ब्याट्रीप्याक अप्सन रहेको ओरा फाइभको सीएलटीसी रेन्ज क्रमशः ४८० र ५८० किलोमिटर रहेको छ ।
यो ईभीको ड्यासबोर्डमा १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रीन र १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । ओरा फाइभमा फ्ल्याट बटम स्टेरिङ ह्वील, फिजिकल स्वीचहरू, वायरलेस चार्जर, १.६५ स्क्वायर मिटरको प्यानारोमिक सनरुफ लगायत क्याबिन फिचर रहेको छ ।


