काठमाडौं । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले आजबाट काठमाडौंमा ‘बीवाइडी एक्सचेन्ज फेस्ट’ सुरू गरेको छ । कम्पनीले उक्त फेस्टमा आएर गाडी किन्नेलाई १० किसिमको सुविधा र छुट अफर गरेको हो ।
बीवाइडीले उक्त एक्सचेन्ज फेस्टमा गाडी किन्ने १० जनालाई ‘ट्रिप टु चाइना’ अफर अन्तर्गत चीन घुम्ने अवसर दिने भएको हो । भाग्यशाली १० गाडी खरिदकर्ताले लक्की ड्र मार्फत चीन घुम्ने अवसर पाउने भएका हुन् ।

कम्पनीले चार दिनसम्म संचालन गर्ने एक्सचेन्ज फेस्ट टंगालमा रहेको आम्रपाली बैंकटमा तीन र नोभेम्बर २२ मा गैह्रीधारा रहेको सी कारमा आयोजना गर्दैछ ।
बीवाइडीले एक्सचेन्ज फेस्टमा १० जनालाई चीन घुम्ने अवसर बाहेक पनि थुप्रै अफर गरेको छ । जसमा आकर्षक नगद छुट, पुरानो गाडीसँग सट्टापट्टा गर्नेलाई एक्सचेन्ज बोनस, निःशुल्क एशोसरिज, २.३ किलोवाटको चार्जर, ७ किलोवाटको चार्जर दिनेछ ।
त्यसैगरी, कम्पनीले एक वर्षको सवारी कर, एक वर्षको अटो प्लस इन्स्योरेन्स, १० वर्षसम्म निःशुल्क बीवाइडी एप कनेक्सन र १० वर्षसम्मको एक्सटेन्डेड वारेन्टी उपलब्ध गराउने भएको छ ।
साइमेक्स इंकले विद्युतीय सवारीसाधनमा लामो रेन्ज उपलब्ध गराएको छ । कम्पनीसँग अहिले २८ लाख ९५ हजार रुपैयाँदेखि १ करोड ९५ लाख रुपैयाँसम्मका विद्युतीय कार उपलब्ध छन् ।

एटो सिरिजमा वान, टु र थ्री गरी तीन मोडल उपलब्ध गराएको कम्पनीसँग प्रिमियम ह्याचव्याकमा डल्फिन ईभी छ । त्यसैगरी सिलायन सिरिजमा सिलायन सेभेन छ भने, एम सिक्स र सिल स्पोर्टी सेडान पनि बिक्री गर्दै आएको छ ।

