काठमाडौं । बारास्थित सिमरा विमानस्थल बन्द गरिएको छ । नेताहरूलाई स्वागत गर्न जम्मा भएका एमाले कार्यकर्ता र जेन-जी समूह बीच झडप भएपछि विमानस्थल बन्द गरिएको हो ।
आब बिहान ११ बजे बुद्ध एयरको उडान नम्बर ५५३ जहाजबाट एमाले नेता शंकर पोखरेल र महेश बस्नेत सिमरा आउने तय भएको थियो । उक्त खबर पाएपछि जेनजी समूह नेता चढेको जहाज विमानस्थलमा उत्रन नदिने भन्दै प्रदर्शन गरेका थिए ।
सोही, क्रममा नेताको स्वागतमा आएका एमाले कार्यकर्ता र जेनजी समूहबीच बोतल हानाहान भएपछि सुरक्षाका कारण विमानस्थल बन्द गरिएको सिमरा नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानस्थल बन्द भएसँगै सिमरामा जहाज उडान र अवतरण रोकिएको छ । अहिले विमानस्थल वरपर स्थानीय प्रशासनले मध्याह्न १२:३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।
स्थिति तनावग्रस्त बनेपछि नेताहरूको उडान समेत स्थगित भएको बताइएको छ ।

