काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी हुन्डाईले ‘रगेड डिजाइन’मा कार्टर एसयूभी कन्सेप्टको तस्बिर बाहिर आएको छ । दक्षिण कोरियाली कार निर्माताले एक्स्ट्रीम अफरोड एसयूभीको रुपमा भोलि नोभेन्बर २० बाट सुरु हुने लस एन्जलस अटो शो कन्सेप्ट देखाउने भएको हो ।
यसका अलावा कम्पनीले ‘हुन्डाई अमेरिका टेक्नीकल सेन्टर’मा आयोनीक फाइभ एक्सआरटी, सान्ता क्रूज एक्सआरटी र प्यालिसेड एक्सआर टी प्रोको रगेड भर्सन देखाउने छ ।
हुन्डाईले ल्याउने नयाँ कन्सेप्ट कारको स्केच अनुसार कार्टर कन्सेप्टमा स्पोर्टस् रग्ड स्टाइलिङ देख्न सकिन्छ । कन्सेप्ट तस्बिरमा देखिए अनुसार एसयूभीको फ्रन्ट बम्परमा ड्यूलटोन डिजाइन, बाक्लो स्कफ प्लेट, बोनेटमा समेत दुई कलरमा फिनिसिङ रहनेछ ।
हुन्डाईले नयाँ कन्सेप्ट कारमा मस्कुलर लाइनहरु दिएको देखिन्छ । उक्त कन्सेप्ट मोडलको फ्रन्टमा आयोनीक फाइभमा जस्तै क्लोजअफ ग्रिल र पारामेट्रीक पिक्सेल लाइट प्रयोग भएको छ । हेडलाइटको डिजाइन मर्सकोडमा छ भने जसको अर्थ अग्रेजी अक्षर एच हो ।
स्केचमा देखिए अनुसार कन्सेप्ट एसयूभीको प्रोफाइल अग्लो ग्राउण्ड क्लियरेन्स र अपराइट डिजाइनमा हुनेछ । साइडमा ठूलो साइजको अफरोड टायर, बाक्लो बडी क्लाडिङ र सार्प विण्डो लाइन देख्न पाइन्छ । रगेड अफरोडर देखाउन रुफ माउण्टेड लाइटिङ र इक्यूपमेन्ट राख्ने र्याक दिइएको छ ।
यसको पछाडि फरक डिजाइनको विण्डस्कृन, पिक्सेल एलइडी टेलल्याम्प छ भने गाडीबाट एच हटाएर पछाडिको बीच भागमा चार थोप्ला (मर्सकोडमा एच अक्षर) प्रयोग भएको छ । पछाडि पनि अगाडिको जस्तै ड्यूल टोन ट्रिटमेन्ट, बाक्लो स्कफ प्लेट तथा टेलगेट र बम्पर छुट्याउन ब्ल्याक स्ट्रीप डिजाइन प्रयोग भएको छ । यसको टेक्नीकल डिटेलको बारेमा अहिलेसम्म कुनै आधिकारीक जानकारी बाहिर आएको छैन ।


