जीप कम्पासको सफलता पछि कम्पनीले बहुप्रतिक्षीत मोडल ट्रायलहकको टिजर सार्वजनिक गरेको छ । योसँगै जीपले जीप कम्पास ट्रायलहक जुलाईमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।
जीप कम्पासलाई भारतीय बजारको सबैभन्दा सफल ब्रान्डको रुपमा लिइने गरिन्छ । कम्पासले भारतमा शक्तिशाली भेरियन्ट ट्रायलहक सार्वजनिक गर्ने तयारी गरेको हो ।
केही समय अगाडि कम्पनीले डिजेल भर्सनको स्वचालित यस भेरियन्टलाई दिल्ली–मुम्बई हाइवेमा परिक्षण गरेको थियो । यो कारमा २.० लिटर मल्टिजेट डिजेल इन्जिन दिइएको छ । यसले १७० बीएचपी पावरका साथै ३५० एनएमटर्क उत्पादन गर्छ ।
इन्जिनमा ९ स्पीड टर्क कनभर्टर अटोमेटिक ट्रान्समिसन दिइएको छ । जीप कम्पास ट्रायलहकमा १९८ एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ । जुन जीप कम्पासको तुलनामा २० एमएम बढी हो । साथै, फ्रन्ट बम्परको सजावटले यसलाई निक्कै आकर्षक बनाएको छ ।
लो रेसियो ट्रान्सफरको कारण अन्य मोडलको तुलनामा यो कार प्रतिस्पर्धी बन्ने कम्पनीको विश्वास रहेको छ । यो मोडलमा १७ इन्च अलोय ह्वील लगाइएको छ । भारतीय बजारमा जीप कम्पास ट्रायलहकको मूल्य २५ लाख भारु पर्ने अनुमान गरिएको छ । यसमा लो रेन्जको फोर ह्वील ड्राइभ सिस्टम दिइएको छ ।
यसको लम्बाई ४३९८ एमएम, चौडाई २०३३ एमएम र उचाई १५२९ एमएम रहेको छ । यो गाडी ४८२.६ एमएमसम्म पानी भरिएको स्थानामा जान सक्ने कम्पनीको दाबी छ ।
यसमा ब्लाक लेदर सिट, कन्स्ट्रास्ट रेट एसेन्ट, डबल जोन क्लाइमेट कन्ट्रोल, प्रोग्म्याटिक सनरुफ, अल वेदर फ्लोर म्याट, ७ इन्च यू कनेक्टेड इन्फोटेनमेन्ट सिस्टम, हिल डिसेन्ट कन्ट्रोल लगायतका विशेषता दिइएको छ ।
नेपाली बजारमा तत्काल यो गाडी आउने वा नआउने विषयमा भने जीपको नेपालको लागि आधिकारीक बिक्रेता एमएडब्ल्यू ला्ईफले केही बताएको छैन ।

