भारतको एक कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)मा आधारित मोटरसाइकल बनाउने भएको छ । रिभोल्ट इन्टेलीकर्प कम्पनीले एआइ असिस्ट मोटरसाइकलको स्केच निर्माण गरेको हो ।
मानव क्षमताको सबै किसिमको प्रयोग मेसिनबाट गर्नु नै आर्टिफिसियल इन्टेलिजेन्स हो । जसले मानव निर्देशन अनुसार काम गर्छ भने मानविय गल्तिलाई समेत सच्याउने गर्छ ।
रिभोल्ट इन्टेलीकर्प प्राइभेट लिमिटेडका चिफ डिजाइनर शिवम शर्माले उक्त मोटरसाइकलको डिजाइन गरेका हुन् । यो भारतमा निर्माण भएको पहिलो एआई मोटरसाइकल कन्सेप्ट हो ।
यो मोटरसाइकल एरोडाइनामिक्स डिजाइनमा निर्माण गरिएको छ भने यसलाई स्टन्ट र राइडिग पोजिसनको लागि मोटरसाइकलको प्रयोग गर्न सकिन्छ । यसको डिजाइन गर्न मात्रै ६ महिना लागेको कम्पनीले जनाएको छ ।
मोटरसाइकल सीइ पर्फेमेन्स बाइकजस्तै रहेको कम्पनीले जनाएको छ । यसमा एलइडी हेडल्याम्प, फ्रन्टमा फोक्र्स अपसाइड डाउन, मक्स्युलर लुक दिइएको छ । बाइकको डिजाइन निक्कै स्पोर्टी देखिएको छ । कम्पनीको रियरमा एलइडी टेलल्याम्प, मनोसक र ओपन चेन दिइएको छ भने फुल्ली इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।


