यूनाइटेड सिमेन्ट आइएसओ सर्टिफाइड

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको संस्था यूनाइटेड सिमेन्ट प्रालि आइएसओ सर्टिफाइड कम्पनी भएको छ । इन्टरनेशनल सर्टिफिकेशन सर्भिसले यूनाइटेड सिमेन्टलाई आइएसओ ९००१ः२०१५ (क्वालिटी म्यानेजमेन्ट सिस्टम) तथा आइएसओ १४००१ः२०१५ (इन्भारोमेन्टल म्यानेजमेन्ट सिस्टम)को प्रमाणपत्र प्रदान गरेको हो ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्ने प्रक्रिया पूर्ण रुपले उत्कृष्ट भएको र सो उत्पादन प्रक्रिया वातावरणमैत्री भएकाले वातावरणको व्यवस्थापन प्रक्रिया उत्तम रहेको अर्थमा सो प्रमाणपत्रहरु उद्योग लाई प्रदान गरिएको छ ।

उच्च गुणस्तरको क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्दै आइरहेको यूनाइटेड सिमेन्टको आफ्नै चुनढुङ्गा खानी ललितपूरको लेलेमा छ भने फ्याक्ट्री नौबिसेमा रहेको छ । यूनाइटेड सिमेन्ट्सले विश्वस्तरीय प्रविधि र प्रक्रिया अपनाई सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्दै आएकोमा विश्वस्तरीय मापदण्ड पनि पूरा गरि गुणस्तरीय प्रक्रियामा उत्तम तालमेल रहेको उद्योगले जनाएको छ ।

उच्च गुणस्तरको सिमेन्ट बिक्री वितरण गर्दै आएको यूनाइटेड सिमेन्ट आफ्नो गुणस्तरको कारण जनमानसमा लोकप्रिय बनेको दाबी कम्पनीको छ । गुणस्तरलाई सधैं उत्तम तथा विश्वस्तरीय कायम गर्ने प्रतिबद्धता उद्योगले जनाएको छ ।


Back_to_top