भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै २० अर्ब बेरुजू

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगत २० अर्ब ७९ करोड ७३ लाख १५ हजार बेरुजू देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनमा मन्त्रालयको १ सय ४८ वटा निकायमा उक्त रकम बेरुजू देखिएको हो ।

मन्त्रालयगत आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सबैभन्दा बढी बेरुजू देखिएको छ । यो कुल बेरुजू रकमको ४२.७३ प्रतिशत हो । 

प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि २३ निकायले १२ करोड ६६ लाख ६९ हजार रुपैयाँ फछ्र्यौट गरेकोले २० अर्ब ६६ करोड ७६ लाख ४६ हजार रुपैयाँ बाँकी रहेको  महालेखाले जनाएको छ । सो मध्ये १६ अर्ब ५७ करोड ८९ लाख ५७ हजार रुपैयाँ पेस्की बाँकी रहेको महालेखाले उल्लेख गरेको छ । 

अन्य संस्था १ तर्फ २ करोड ९४ लाख ३३ हजार रुपैयाँ बेरुजू देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि फछ्र्यौट नगरेकोले बाँकी रहेको हो ।  गत वर्ष भने मन्त्रालयको सरकारी कार्यालयतर्फका १६७ निकायमा २१ अर्ब ५७ करोड २४ लाख १८ हजार रुपैयाँ बेरुजू देखिएको थियो । 


Back_to_top