लेक्ससले ल्यायो पहिलो एमपीभी, यस्तो छ विशेषता

विलाशी कार निर्माता कम्पनी लेक्ससले पहिलो पटक एमपीभी (मल्टि पर्पोज भेइकल) ल्याउने भएको छ । कम्पनीले सांघाई मोटर शो २०१९ मा लेक्सस एलएम सार्वजनिक गर्न लागेको हो । लेक्सस एमपीभी एलएम ३५० र एलएम ३००एच गरि दुई भेरियन्टमा उपलब्ध हुनेछ । 

कम्पनीले नयाँ एमपीभी निक्कै आकर्षक बनाएको छ । लेक्सस एलएम ४ र ७ सिटर अप्सनमा उपलब्ध हुनेछ । यसको सिट प्राइभेट जेसमा जस्तै रहेको छ । चार सिट अप्सनमा हरेक सिटमा टचस्क्रिन डस्प्ले राखिएको छ । यसमा रेयर सिटका लागि २६ इन्चको डिस्प्ले, रेफ्रिजेरेटर, सिट कन्ट्रोल, क्लाइमेट कन्ट्रोललगायत विशेषता दिइएको छ । 

लेक्सस एलएम दुई इन्जिन अप्सन एलएम ३५० मा ३.५ लिटर पेट्रोल इन्जिन र एमएम ३०० एचमा २.५ लिटर चार सिलिन्डर हाइब्रिड इन्जिन रहेको छ । यसको कम्बस्डन पावर आउटपुट २५३ पीएस रहेको छ । 

सांघाई मोटर शोमा सार्वजनिक हुने लेक्सस एलएम भारतीय बजारमा समेत आउने अनुमान गरिएको छ । हाल भारतीय बजारमा लक्जरी एमपीभीमा मर्सिडिज बेन्ज बी–क्लासमात्र रहेको छ ।

लेक्सस एलएम एमपीभीको भारतीय बजारमा ७० लाखदेखि ८० लाख भारु पर्ने अनुमान गरिएको छ । हाल भारतमा लेक्ससका एलएस र इएस सेडान र एलएक्स, एनएक्स र आरएक्स एसयूभी सेगमेन्टमा बिक्री भइरहेको छ । 


Back_to_top