काठमाडौं । टाटा मोटर्सले भर्खरै सार्वजनिक गरेको सियरा एसयूभीले माइलेजमा नयाँ रेकर्ड बनाएको छ । टाटा मोटर्सकै सबैभन्दा इफिसियन्ट इन्जिनको रूपमा यसले प्रतिलिटर २९.९ किलोमिटर माइलेज दिएको कम्पनीको दाबी छ ।
टाटा मोटर्सले आफ्नो नयाँ एसयूभीलाई नोभेम्बर ३० तारिखको दिन ‘नेसनल अटोमोटिभ टेस्ट ट्रयाक’मा निरन्तर १२ घण्टा सियरालाई चलाएर परीक्षण गरेको थियो । उक्त परीक्षणपछि भारतमा बनेको कुनै पनि पेट्रोल र हाइब्रिड कारको भन्दा बढी माइलेज सियरामा रहेको टर्बो इन्जिनले दिएको हो ।
सियरा एसयूभीमा १.५ लिटर फोर सिलिण्डर टर्बो टीजीडीआई हाइपिरियन इन्जिन दिएको छ । उक्त इन्जिनले १६० हर्सपावर र २५५ न्युटन मिटर टर्क जेनेरेट गर्छ ।
टाटाले नाटर्याक्सको ट्रयाकमा गरेको अर्को टेस्टमा स्पीड परीक्षण गरिएको थियो । उक्त टेस्टमा २२२ किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडेर सियराले नयाँ रेकर्ड बनाएको हो । टाटाका अनुसार पब्लिकलाई बिक्री गर्ने मोडल भने १९० किलोमिटर प्रतिघण्टाको स्पीड लिमिटमा ‘लक’ गरिएको छ ।


