यी परिवर्तनका साथ आउँदै होन्डा एक्स-ब्लेड

जापनीज बाइक तथा स्कुटर निर्माता कम्पनी होन्डाले एक्स ब्लेडको फेसलिफ्ट सार्वजनिक गर्ने तयारी गरेको छ । 

होन्डा एक्स ब्लेड पहिलो पटक २०१८ अटो एक्पोमा प्रदर्शनिमा राखिएको थियो । भारतीय बजारमा यो बाइक मार्च २०१८ मा सार्वजनिक भएको थियो । अपेक्षित व्यापार गर्न नसेको होन्डा एक्स ब्लेडलाइ कम्पनीले नयाँ कलरका साथ नयाँ ग्राफिक्समा ल्याउँने तयारी गरेको छ । 

कम्पनीले यो बाइकमा मेकानीकल चेन्ज भने नगरेको बताएको छ । बाइकको फ्यूल ट्याङ्कमा समान्य परिर्वतन गरिएको कम्पनीले जनाएको छ । यसका साथै यो बाइक ड्यूल टोन कलरमा उपलब्ध हुनेछ जसले बाइकलाई स्र्पोटी लुक्स दिनेछ । 

होन्डा एक्स ब्लेडमा १६२ सीसी सिगंल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १४ बीएचपी तथा १४ एनएम टर्क जेनेरेट गर्छ । ५ स्पीडको गियरबक्स रहेको यो बाइकको रियरमा ड्रम तथा फ्रन्टमा डिस्क ब्रेक रहेको छ । यो बाइक एबीएससहित सार्वजनिक हुनेछ । 

कम्पनीले यो बाइकको बिक्री आँकडा बढाउँने योजना अनुसार यो बाइकको मूल्यमा भने कुनै बृद्धि नर्गने अनुमान गरिएको छ । 


Back_to_top