काठमाडौं । होन्डाले ‘मात्र १ रुपैयाँमा २३ महिनासम्म सर्भिसिङ’ नामक अफर ल्याएको छ । नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले डिओ ११० स्कुटरका ग्राहकलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो ।
यस अफर अन्तर्गत ग्राहकले यही पुस २३ गतेसम्म होन्डा डिओ ११० स्कुटर किन्दा १ रुपैयाँमै २३ महिना वा २४ हजार किलोमिटर (जुन पहिला हुन्छ)सम्म सर्भिसिङ सुविधा पाउने छन् । जसमा ग्राहकले इन्जिन आयल, सामान्य स्पेयर पार्टस (दुर्घटना बाहेक) फेर्दा र लेबर चार्ज गरी जम्मा १ रुपैयाँ मात्रै तिरे पुग्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो अफर सीमित अवधिसम्म डिओ ११० मोडलमा मात्रै लागू हुनेछ ।
यस्तो छ होन्डा डिओ ११० स्कुटर
टिपिकल स्पोर्टी डिजाइनमा बनेका डिओमा १०९ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, फ्यान कुल्ड इन्जिन दिइएको छ । यो इन्जिनले अधिकतम ८ पीएस पावर र ९.०३ एनएमको टर्क जेनेरेट गर्छ । यसको टप स्पीड ८३ किलोमिटर प्रतिघण्टा रहेको छ ।
डिओ स्कुटरले एक लिटर पेट्रोलबाट ५० देखि ५५ किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दाबी छ । यसमा अलोय ह्वील सहितको ट्युबलेस टायर, फ्रन्टमा टेलिस्कोपिक फोर्क, रियरमा स्प्रिङ लोडेड हाइड्रोलिक सक, सीबीएस ब्रेकिङ सिस्टम, डिस्कब्रेक र ड्रमब्रेक अप्सन पाइन्छ ।
होन्डा डिओमा डिजिटल इन्टेलिजेन्ट मिटर छ । स्कुटरमा एसीजी सिस्टम, साइड स्ट्यान्ड कटअफ, पीजीएम एफआई सिस्टम, एसआई इन्जिन, स्प्लीट ग्रयाब रेल, मफलर प्रोटेक्टर, एक्सटर्नल फ्युल लिड र अण्डर सिट स्टोरेज जस्ता फिचरहरू छन् ।
डिओ ११० एसटीडी र डीएलएक्स गरी दुई भेरियन्टमा उपलब्ध छ । एसटीडी भेरियन्टको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ र डीएलएक्स भेरियन्टको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको छ ।

