काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी लीपमोटरले सी-१० र बी-१० पछि ए-१० एसयूभी ल्याउने घोषणा यसअघि नै गरेको थियो । कम्पनीले बिक्रीको लागि अनुमति माग्ने क्रममा चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा कागजात पेश गरेपछि यसमा रहेका फिचरहरू पनि बाहिर आएको हो ।
लीपमोटरको नयाँ ए-१० एसयूभी इन्ट्री मोडल एसयूभी हो । यसमा कम्पनीले भेरियन्ट अनुसार लाइडार टेक्नोलोजी उपलब्ध गराएको उल्लेख गरेको छ । ब्याट्री साइज नखुलाइए पनि रेन्ज ५०० किलोमिटर हुने रिपोर्ट गरेको छ ।
सन् २०२६ को सेकेण्ड हाफबाट बजारमा ल्याउने योजनासहित कम्पनीले सरकारी अनुमति मागेको छ । सम्भवतः यसको आधिकारिक लन्च बेइजिङ अटो शो २०२६ मा हुनेछ ।
‘स्माइलिङ फेस’ एस्थेटिकमा आधारित रहेर तयार पारिएको ए-१० एसयूभीमा हाइ लेभल इन्टेलिजेन्ट ड्राइभिङ एसिस्ट प्रयोग भएको अनुमान छतमा राखिएको लाइडार सेन्सरले प्रदान गर्छ । सेमी हिडन डोर ह्याण्डलको प्रयोग भएको एसयूभी ‘टेक्नोलोजी नेचुरल एस्थेस्टिक २.० डिजाइन ल्याङ्वेज’मा बनेको हो ।

ए-१० एसयूभीको लम्बाइ ४२७० एमएम, चौडाइ १८१० एमएम र उचाइ १६३५ एमएम रहने छ । यसमा ह्वीलबेस भने २६०५ एमएम लामो छ । गाडीको कर्भ वेट १४६० केजी छ ।
ए-१० एसयूभीको अगाडि क्लोज अफ ग्रिल, ट्रापेज सेपको एयरइनटेक र ओभल सेपको हेडलाइट छ । ब्ल्याक कलरको डी पिल्लर, अगाडि लेफ्ट साइडमा चार्जिङ पोर्ट, १८ इन्चको ह्वील तथा रेक्ट्रयांगुलर आकारमा टेललाइट प्रयोग भएको छ । कम्पनीले फ्रन्ट फेण्डरमा ब्लाइन्ड स्पर्ट क्यामेरा प्रयोग गरेको छ ।
लीपमोटरले ए-१० एसयूभीमा ९० किलोवाट क्षमताको मोटर दिएको छ । जुन नेपाली बजारको लागि निकै राम्रो मान्न सकिन्छ । यसअघि १६० किलोवाटको सी-१० र बी-१० एसयूभी बजारमा थियो । ए-१० मा १०० किलोवाटभन्दा सानो मोटर भएको कारण कर पनि कम लाग्नेछ ।
ब्याट्री साइजको बिषयमा जानकारी नदिएको कम्पनीले ३० देखि ८० प्रतिशत चार्ज गर्न डीसी चार्जरलाई केबल १६ मिनेट लाग्ने जानकारी भने बाहिर आएको छ । कम्पनीले करिब १४ हजार अमेरिकी डलर मूल्य तोकेर यसको बिक्री थाल्ने चिनियाँ मिडियाहरूले अनुमान गरेका छन् ।

