काठमाडौं । महिन्द्राको इलेक्ट्रीक एसयूभी बीई सिक्स नेपालको सडकमा देखिन थालेको छ । ईभीको वहावमा पौडिन नेपाली बजारमा प्रवेश गरेको महिन्द्राको नयाँ एसयूभी निकै पृथक लाग्छ ।
भारतीय निर्माताले यसलाई टेक फिचर, फ्युचरस्टिक डिजाइन र ठूलो ब्याट्री साइजसहित उत्पादन गरेको कारण नेपाली बजारमा पनि यसप्रति चासो बढेको हो । अझ नेपाली सडक सुहाउँदो धेरै फिचर भएका कारण यसको छनोट उपभोक्ताको लागि पछुताउनु पर्ने कारण बन्दैन ।
डिजाइन : झट्ट हेर्दा कुनै कन्सेप्ट कार जस्तो लाग्ने बीई सिक्स स्पोर्टी कुपे डिजाइनमा छ । डिजाइनकै कारण अन्य ब्राण्डका ईभीभन्दा फरक लाग्ने बीई सिक्समा दिइएको सी आकारको एलईडी डीआरएल, फ्लस डोर ह्याण्डल, स्लोपिङ रुफलाइन, फुल-लम्ब एलईडी लाइट बारले उत्कृष्ट देखाउँछ ।
ड्राइभिङ सिस्टम : महिन्द्राले बीई सिक्समा रियर ह्वील ड्राइभ सिस्टम दिएको छ । नेपाली बजारमा ९९ किलोवाटको मोटरमा उपलब्ध एसयूभीमा ‘लो सेन्टर अफ ग्राभिटी’ र विभिन्न ड्राइभ मोड दिइएको छ ।

टेक फिचर : महिन्द्रा आर्टिफिसियल इन्टेलिजेन्स आर्किटेक्चरमा बनेको बीई सिक्समा क्वालकम स्न्यापड्रागन ८२९५ चीप प्रयोग भएको छ । १२.३ इन्चको दुई स्क्रीन, हर्मन कार्डनको १६ स्पीकरसहितको डल्बी साउण्ड सिस्टम, एडास लेभल टु प्लस, अटो पार्क असिस्ट, ५ जी कनेक्टीभीटी पाउन सकिन्छ ।
ब्याट्री र रेन्ज : महिन्द्राले ५९ किलोवाट आवरको ब्याट्रीमा यसलाई नेपाल ल्याएको छ । यसले नेपालको सडक कन्डिसनमा ४०० किलोमिटर माथिको रेन्ज दिनेछ । साथै, १७५ किलोवाट क्षमतासम्मको डीसी फास्ट चार्जर सपोर्ट हुनेछ ।
सुरक्षा फिचरमा अब्बल : महिन्द्राले बीई सिक्समा ७ वटा एयरब्याग दिएको छ । यसका अलावा सबै चक्कामा डिस्क ब्रेक, एडास भित्रका झण्डै दुई दर्जन टेक फिचरले यसलाई अब्बल बनाएको छ । ईएसपी, ३६० डिग्री क्यामेरा लगायतका फिचर उपलब्ध एसयूभीले भारत एनक्यापमा फाइभ स्टार रेटिङ पाएको छ ।

आरामदायी क्याबिन : बीई सिक्स मोर्डनसँगै लग्जरी पनि छ । यसको क्याबिनमा भेन्टिलेटेड सिट, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट, ड्युल जोन एसी, निकै कम्फर्टेबल सस्पेन्सनको सहायताले गाडीमा यात्रा गर्दा थकान महसुस हुँदैन । पछिाडिको सिट पनि ६०:४० मा फोल्ड गर्न सकिन्छ ।
सामान राख्न एथेस्ट ठाँउ : बीई सिक्सको पछाडि ४५५ लिटरको बुट स्पेस छ । यसलाई पछाडिको सिट फोल्ड गरेर आवश्यक पर्दा बढाउन सकिन्छ । त्यस्तै १५० लिटरको फ्रन्ट फ्रङ्क पनि उपलब्ध छ ।
ईभीमा महिन्द्रा र अग्निको अनुभव : नेपाली बजारमा सबैभन्दा पहिला ईभी ल्याएर बिक्री गर्ने कम्पनी अग्नि इनकर्पोरेट प्रालि हो । महिन्द्राले बनाएको ईभी ल्याएर कम्पनीले बिक्री गरेको हो । अहिले विस्तारै ठूला एसयूभीमा जाँदा पनि ईभी बिक्री र सर्भिसको बलियो अनुभव कम्पनीसँग छ । त्यसको फाइदा महिन्द्राका ईभी किन्नेले पाउने छन् ।

बलियो नेटवर्क : महिन्द्रा नेपालमा बलियो नेटवर्क भएको कम्पनी हो । अग्निले देशको हरेक भेगलाई मध्यनजर गर्दै आफ्नो बिक्री र त्यसपछिको सेवाको लागि नेटवर्क बनाएको छ । त्यसको फाइदा उपभोक्ताले पाउने छन् ।
मूल्य : यो सेग्मेन्टमा उपलब्ध बीवाइडी एटो थ्री र हुन्डाई क्रेटाकै बीचमा यसको मूल्य छ । अग्निले यसको सुरूवाती भेरियन्टको मूल्य ५७ लाख रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

