रसुवा । रसुवा भन्सार कार्यालय, टिमुरेले सीजी मोटर्स प्रालिलाई सम्मान गरेको छ ।
७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२६ को अवसरमा कार्यालयले भन्सार नियम तथा कानुनको पालना गर्दै नियमित रुपमा राजस्व संकलनमा योगदान पुर्याएको भन्दै सीजी माटर्सलाई सम्मान गरेको हो ।
सीजी मोटर्सले भन्सार ऐन नियमको पूर्ण पालना, पारदर्शी आयात तथा व्यापार प्रक्रिया, समयमै राजस्व भुक्तानी, वैध तथा व्यवस्थित व्यापार प्रवद्र्धनमा योगदान, जस्ता विषयहरूमा उत्कृष्ट भूमिका निर्वाह गरेकाले सम्मान गरिएको कार्यालयले जनाएको छ ।
रसुवा भन्सार कार्यालयले निजी क्षेत्रसँगको सहकार्यले वैध व्यापार प्रवद्र्धन, राजस्व वृद्धि तथा राष्ट्रिय आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरेको छ।
सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल शिवाकोटीले उक्त सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै रसुवा भन्सार नाकासँग सहकार्य गर्ने अवसर प्राप्त भएकोमा आभार व्यक्त गरे ।
उनले आगामी दिनहरूमा पनि सरकारी नियम, कानुन तथा भन्सार प्रक्रियाको पूर्ण पालना गर्दै जिम्मेवार र पारदर्शी व्यवसाय संचालनमा प्रतिबद्ध रहने बताए ।

