काठमाडौं । अन्तर्राष्ट्रिय महिला राइड डे २०१९ तथा पाँचौं युएन ग्लोबल रोड सेफ्टी सप्ताहको अवसरमा यहि बैशाख २१ गते काठमाडौँमा महिलाहरुको मोटरसाइकल÷स्कुटर र्याली आयोजना हुने भएको छ ।
र्याली फर रोड सेफ्टी भन्ने नाराका साथ सुरु हुने सो र्याली नेपालमा बिगत दश वर्षदेखि मोटर र मोटरसाइक्लिङ्ग स्पोर्ट्स, अटोमोबाइलमोबिलिटी एण्ड टु व्हील टुरिजम तथा रोड सेफ्टीमा संलग्न राष्ट्रिय संघ नेपाल अटोमोवाइल्स एसोसिएसन अन्तर्गतको महिला कमिसनको आयोजना हुन लागेको हो ।
ब्याक टू नेचर नेपाल प्रालिको सहयोगमा हुने सो र्याली तिनकुने स्थित महिला रेस्लिङ्ग फाउन्डेसनबाट सुरु भई कोटेश्वर, बालकुमारी, सातदोबाटो, जावलाखेल, कुपन्डोल, त्रिपुरेश्वर, सुन्धारा हुदै लैनचौर पुगी समापन हुनेछ ।
पछिल्लो समय साहसिक पर्यटन तथा साहसिक खेलकुद नेपालमा मात्रनभई संसारमै लोकप्रिय हुदै गईरहेको छ । जसमा ड्राइभ टुरिजम, टु ह्वील टुरिङ्ग, अफ रोड र्याली, टीएसडी र्याली तथा क्रस कन्ट्री जस्ता मोटरिङ्गका इभेन्टहरुसमेत रहेका छन् ।
महिला सशक्तिकरण तथा सडक सुरक्षाको संदेश दिने हेतुले आयोजना हुने सो र्यालीको सुरुवातमा सम्पूर्ण राइडर्सहरुलाई सेफ राइडिङ्ग सम्बन्धि ओरिन्टेसन दिईने छ ।

