बनेपामा टिपरको ठक्करबाट एकको मृत्यु, स्थानीयले लगाए आगो

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान अरनिको राजमार्गस्थित बनेपाको दूरसञ्चार कार्यालय नजिकै बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

मत्यु हुनेमा काभ्रेकै धुलिखेल नगरपालिका-५ का ३१ वर्षीय ओमन प्रधान रहेका छन् । दुर्घटनामा स्कुटरको पछाडि बस्ने एक महिला पनि घाइते भएकी छिन् ।

दुर्घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएका छन् । अहिले बनेपा क्षेत्र तनावग्रस्त बनेको छ ।

स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शन नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


Back_to_top