अटोमोबाइल व्यवसायी गेलालको शानदार जित

काठमाडौं । अटोमोबाइल व्यवसायी पारशमणि गेलाल संघीय संसदको प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ मा उम्मेदवार गेलाल ३० हजार ५९० मत ल्याएर विजयी भएका हुन् ।

उनले निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरले पराजित गरेका हुन् । राईले ११ हजार ६०६ मत प्राप्त गरे ।

गेलाल लामो समयदेखि अटोमोबाइल व्यवसायमा आबद्ध छन् । उनी नेपालका लागि स्काइवेलको आधिकारिक बिक्रेता जी मोटर्सका संचालक हुन् ।

उनले यसअघि रेनो, निसान, बीवाडी लगायत ब्राण्डको शोरुम संचालन गरेका थिए ।

स्नातकोत्तरसम्म अध्ययन गरेका गेलाल रास्वपाको केन्द्रीय उद्योग तथा वाणिज्य विभागको सचिव समेत हुन् ।


Back_to_top