वाडा अटो शोमा बीवाडीको विशेष अफर, ग्राहकले ७ फाइदा पाउने

काठमाडौं । नेपालका लागि बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले वाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष अफर घोषणा गरेको छ ।

कम्पनीले हाल बिक्री गरिरहेका सवारी खरिदमा ग्राहकलाई आकर्षक लाभ दिने भएको हो ।

वाडा अटो शो पोखराको लेकसाइडस्थित तालबाराही चौरमा चैत ११ देखि १५ गतेसम्म संचा लन हुनेछ । अटो शोमा बीवाइडीको स्टल ए १२ मा रहेको छ ।

अटो शोमा ग्राहकले बीवाइडीका एटो वान, एटो टु, एटो थ्री लगायत मोडल प्रत्यक्ष साधन अवलोकन गर्न, विशेषज्ञहरूसँग अन्तरक्रिया गर्न, बुकिङ तथा खरिद गर्न सक्नेछन् ।

५ दिनसम्म चल्ने यो अटो शोमा बीवाइडीले विशेष अफर उपलब्ध गराएको छ । जस अन्तर्गत ग्राहकले आकर्षक नगद छुट, ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी, १ वर्षको फ्री इन्स्योरेन्स, १ वर्षको सडक दस्तुर छुट, फ्री एसेसरिज र होम चार्जर निःशुल्क पाउने छन् ।

बीवाइडीका सबै सवारी साधनहरू कम्पनीकै एड्भान्स्ड ब्लेड ब्याट्री टेक्नोलोजी र ई-प्लेटफर्म ३.० ले सुसज्जित छन् । जसले सुरक्षा, कार्यक्षमता र दक्षतालाई अझै बढाउनमा भूमिका खेलेका छन् । यसले दिगो र भविष्यमुखी मोबिलिटीतिर रहेको बीवाइडीको प्रतिबद्धतालाई जोड दिएको छ ।

बीवाइडीले नेपालको इलेक्ट्रीक मोबिलिटीलाई पुनर्परिभाषित गरिरहेको बताए छ । ‘काठमाडौं बाहिरका ग्राहकहरूसँग जोडिन र बीवाइडीले नेपालको इलेक्ट्रीक मोबिलिटीलाई कसरी पुनर्परिभाषित गरिरहेको छ भन्ने देखाउनका लागि वाडा अटो शो एउटा उत्कृष्ट प्लेटफर्म हो । हाम्रो विशेष अफर र प्रमाणित प्रविधिमार्फत ईभीको स्वामित्वलाई सहज पहुँचयोग्य र फलदायी बनाउने लक्ष्य हामीले लिएका छौं,’ कम्पनीका प्रतिनिधिले भने ।


Back_to_top