काठमाडौं । चीनमा आयोन एन-६० एसयूभीको प्रि-सेल्स सुरु हुने भएको छ । कम्पनीले आगामी अप्रिल १६ बाट नयाँ एसयूभीको प्रि-सेल्स सुरु गर्ने भएको हो ।
कम्पनीले १ लाख ५० हजार युआन (२१ हजार ७०० अमेरिकी) डलर मूल्य कायम गरेर एन-६० एसयूभीको बिक्री थाल्ने भएको हो । कम्पनीले नयाँ एसयूभीमा लाइडार, जिरो ग्राभिटी को–पाइलट सिट र ‘हाइ लेभल इन्टेलिजेन्ट ड्राइभर एसिस्टेन्स सिस्टम’ दिएर ल्याएको हो ।
आयोन एन-६० एसयूभीको अगाडि थ्रु टाइप लाइट बार प्रयोग गरेको छ । डे टाइम रनिङ लाइटको दुई वटा लाइन प्रयोग भएको छ । आयातकार बनोटमा रहेको हेडलाइट हाउजिङ पाउन सकिन्छ ।
नयाँ एसयूभी एन-६० को लम्बाइ ४६१५ एमएम, चौडाइ १८६० एमएम र उचाइ १६७३ एमएम छ । ह्वीलवेस भने २७७५ एमएम छ । कम्पनीले यसलाई विभिन्न सात कलर अप्सनमा उपलब्ध गराउने छ ।
क्याविन पनि निकै फिचर लोड बनाएको छ । ड्यासबोर्ड विभिन्न तीन कलर अप्सनमा उपलब्ध हुनेछ । ड्यासबोर्डमा २.५ के हाई डेफिनेसन १५.६ इन्चको स्क्रीन दिइएको छ ।
निकै ठूलो २.३८ स्क्वायर मिटरको प्यानोरामिक सनरुफ, ४४७ लिटरको बुट स्पेश, बिभिन्न ३५ स्थानमा स्टोरेज, भेन्टिलेटेड सिट, मसाज सहितको मेमोरी सिट पाउन सकिने छ ।

जिएसी आयोनले एन-६० मा रहेको ब्याट्री साइजको बारेमा जानकारी दिएको छैन । तर, मोटर भने १६५ किलोवाट आवरको रहनेछ ।
नेपाली बजारमा जिएसी आयोनको आधिकारीक बिक्रेता सीजी मोटर्स रहेको छ । अहिले लेफ्ट ह्याण्ड ड्राइभमा मात्रै तयार भएको एन-६० एसयूभी राइट ह्याण्ड ड्राइभमा तयार भएसँगै नेपाल पनि आउने छ ।

