यस्तो देखियो नयाँ नाम र डिजाइनमा आएको ‘जे सिक्स टी’ (फोटोफिचर)

काठमाडौं । नेपाली बजारमा चिनियाँ ईभीको दबदबा रहेको छ । बजारमा झण्डै दुईतिहाई हिस्सा चिनियाँ ईभीकै छ । आधुनिक डिजाइन, हाइटेक फिचर र सस्तो मूल्यका कारण चिनियाँ ईभीले नेपाली ग्राहकको मन जितिरिहेका छन् ।

तीव्र प्रतिस्पर्धी बजारमा ग्राहकका तान्न चिनियाँ ब्राण्डहरूले एकपछि अर्को नयाँ मोडलहरू ल्याइरहेका छन् । केहीले आफ्ना पुरानै मोडललाई रिडजाइन र विभिन्न फिचर थपेर पनि नयाँ मोडल ल्याइरहेको छन् ।

यसैक्रममा, नेपाली बजारमा हालै नयाँ डिजाइनको जेको जे सिक्स टी इलेक्ट्रीक एसयूभी बिक्री सुरू भएको छ । डेढ वर्ष अघि नेपाली बजारमा इन्ट्री भएको चेरीको न्यू इनर्जी भेहिकल ब्राण्ड जेकोको ‘जे सिक्स’ एसयूभी नामको पछाडि ‘टी’ थपेर बजारमा आएको हो ।

ओमोडा/जेकोको लागि नेपालको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले यसको मूल्य ६८ लाख ९९ हजार तोकेको छ । तर, केही समयको लागि कम्पनीले उक्त मूल्यमा २ लाख रुपैयाँ छुट दिँदै ६६ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराएको छ ।

‘जे सिक्स टी’ एसयूभी निकै सार्प लुक्स आएको छ । कम्पनीले नयाँ जे सिक्स टी नयाँ डिजाइनसँगै ठूलो साइज, अझ अग्लो ग्राउण्ड क्लियरेन्स र थप फिचर राखेर ल्याएको छ । यसअघि २०० एमएम रहेको ग्राउण्ड क्लियरेन्स बढाएर २२५ एमएम बनाएको छ ।

अगाडिको ग्रिलमा नै मुख्य परिवर्तन देखिएको नयाँ जे सिक्स टीको साइज पनि परिवर्तन भएको छ । यसको लम्बाइ ४४३३ एमएम, चौडाइ १९१६ एमएम र उचाइ १७४१ एमएम छ ।

जेकोले यसमा अप्रोच एङ्गल २७ डिग्री र डिपार्चर एङ्गल ३१ डिग्री दिएको छ । जसको कारण अफरोड स्थानमा पनि यसलाई सहजै चलाउन सकिन्छ ।

लाइफ स्टाइल इलेक्ट्रीक भेहिकल जेको जे सिक्स टीमा ब्याट्री ब्याप भने पहिलेको जस्तै ६५.६९ किलोवाट आवरको छ । रियर ह्वील ड्राइभमा उपलब्ध यो एसयूभीमा १३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।

चेरीले जे सिक्स टी मोडलमा सबै लाइट एलईडी प्रयोग गरेको छ । पछाडि ढोकामा झुन्डाएर छुट्टै स्टोरेज दिएको छ । आकर्षक डिजाइनमा बनेको १९ इन्चको ह्वील दिएको कारण नयाँ जे सिक्स थप बक्सी देखिन्छ ।

पानारोमिक शनरुफ, भेन्टिलेटेड र हिटेड सिट, डिउल जोन एसी, १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ९.२ इन्चको इन्ट्रुमेन्टल क्लस्टर, वायरलेस चार्जर दिइएको छ । साथै, ३६० डिग्री क्यामरा, इलेक्ट्रीक पार्किङ ब्रेक, ६ वटा एयरब्याग, क्यामरा वेसको लेभल–२ एडास, भेहिकल स्टेबिलीटी कन्ट्रोल, फ्रन्ट र रियर पार्किङ सेन्सर पाउन सकिन्छ ।


Back_to_top