रेनोले भारतीय बजारमा बिक्री हुने कारमा कनेक्टेड टेक्नोलोजी प्रदान गर्ने जानकारी दिएको छ । कम्पनीले हिजो बजारमा सार्वजनिक भएको हुन्डाई भेन्यू र केही समयपछि बजारमा आउने एमजी हेक्टरमा दिइएको जस्तै, कनेक्टेड फिचर आफ्ना कारमा दिने भएको हो ।
यस सिस्टम अन्र्तगत स्टान्डर्ड, सेक्युरिटी, रिमोट कन्ट्रोलिंग, सेफ्टी, भेइकल रिलेसनसिप म्यानेजमेन्ट सिस्टम, लोकल बेस सर्भिस, अलर्ट सर्भिस र आर्टिफिसियल इन्टेलिजेन्सी लागयतका विशेषता समेटिन्छ । सो सिस्टम दिइएको हुन्डाई भेन्यूमा भने इन्फोटेनमेन्ट सिस्टममा भोइस कमान्डको विशेषता प्रदान गरिएको छ ।
यस्तै, एमजी हेक्टरमा पनि वाइफाइ भी आइब कार्ड संगै ओभर द इयर, जिओफेन्सिङ र रिमोट कन्ट्रोलिंग एसी, सनरुफ, डोर लगायत विभिन्न ५० वटा विशेषता दिइएको छ । यद्यपी, कम्पनीले कनेक्टीभिटीयुक्त मोडल कहिलेसम्म ल्याउने विषयमा कुनै जानकारी दिएको छैन ।
यसैबीच, कम्पनीले आगामी जुलाईबाट रेनो ट्राइबरको बिक्री सुरु गर्ने भएको छ । यो कारमा भने उपलब्ध नभएको कम्पनीले जनाएको छ । यद्यपी, कम्पनीले यस कारमा क्विड, लोजी ,डस्टर, र क्याप्चर कारमा भन्दा ठूलो टचस्क्रिन युनिट दिएको जनाएको छ । यी कारमा कम्पनीले ७.० टचस्क्रिन विन्डस्क्रिन दिएको छ । यसका साथै ट्राइबरमा आकर्षक फिचरसंगै ड्राइभिङ स्टाइल, एन्ड्रोइड अटो र एप्पल कार प्ले सिस्टम दिएको कम्पनीले जनाएको छ ।


