बजाज प्लाटिना गुड्याे २ लाख ८७ हजार किलोमिटर

प्राय मानिसहरु आफ्नो काममा सहजता होस भनेर वा छोटा यात्रा गर्नका लागी बाइक खरिद गर्ने गर्छन् । एक मानिसले एउटा बाइक कति समय चलाउँछन, वा कति किलोमिटर चलाउँछन् । अझै भनौ एउटा बाइक कति किलोमिटर सम्म चल्छ ? भारत महाराष्टमा एक किसानले बजाजको प्लाटिना बाइकमा २ लाख ८७ हजार किलोमिटर यात्रा पुरा गरिसकेका छन् ।

कोरेगान सतारा महाराष्टका बिकास जगन्नाथ सिन्धेले २०१५ मा खरिद गरेका बाइकले उक्त यात्रा तय गरिसका छन् । सिन्धेले भनेका छन् यो बाइक मेरो दोश्रो श्रीमती हो । सिन्धे बच्चादेखिले नै साइकलमा यात्रा गर्दै आएका थिए । उनी एक किसानका  छोरा हुन यसै कारण आफुले महंगो बाइक खरिद गर्न नसकेको समेत बताएका छन् । उनले लामो समयको बचत पश्चात मात्र बाइक खरिद गरेको बताएका छन् ।

१५ अगष्ट २०१५ मा उनले बजाज प्लाटिना खरिद गरेको थिए । सेप्टेम्वर १ देखि उनले बजाज प्लाटिनामा यात्रा सुरु गरेको थिए । यस क्रममा उनेले भारतका धेरै जसो स्थान यहि बाइकमा यात्रा गरेका छन् । गुजरात, राजस्थान, दिल्ली, हरीयाणा, जम्मु कस्मीर, हिमाचल प्रदेश, यूपी, उत्तरा खण्ड, बिहार, झारखण्ड, छत्तिसगढ, वेस्ट वगांल, कर्नाटका, नर्थ इस्टर्न स्टेट भ्रमण गरेका हुन् ।

यो यात्राको क्रममा धेरै बाधाहरु आएको र प्लाटिनाले आफुलाइ कहिले पनि धोका नदिएको बताएका छन् । मनाली यात्राको क्रममा आफुलाइ सडक विभागका कर्मचारीहरुले बजाज प्लाटिनामा हिमाली भेगमा जान रोक लगाएका थिए, त्यस पश्चात उनले आफ्नो यात्राको बारेमा ती कर्मचारीलाई बताएको र आफुले हिमाली भेगको यात्रासमेत प्लाटिनामा सहजै पुरा गरेको बताएका छन् । यो यात्रामा क्रममा भेटिएका सबैले हिमाली भेगमा यस्तो सानो बाइकमा यात्रा गर्ने पहिलो ब्यक्ति भेटेको बताएका थिए ।

यो यात्राको क्रममा उनले बाइकमा इन्जिन आयल परिवर्तन साधारण सर्भिस र ह्वील परिर्वतन गरेको बताएका छन् । उनले भनेका छन् यति लामो यात्रा गर्दा उनलाइ कुनै किसिमको बडिपेन समेत नभएको र आफु बजाज प्लाटिना बाइकको फ्यान भएको बताएका छन् । उनको अबको लक्ष्य भनेको यो बजाज प्लाटिनामा ५ लाख किलोमिटर यात्रा गर्ने रहेको बताएका छन् ।

 


Back_to_top