हुण्डाईले ल्यायो भेन्यूको ‘नाइट एडिसन’, के छ खास ?

काठमाडौं । हुन्डाई मोटर इन्डियाले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी हुन्डाई भेन्यूको ‘नाइट एडिसन’ सार्वजनिक गरेको छ । कम्पनीले अझ आक्रामक लुक्सका साथै थप सुविधाहरू सहित नयाँ भेन्यू नाइट एडिसन सार्वजनिक गरेको हो ।

कम्पनीले नाइट एडिसनको विभिन्न ५ भेरियन्ट ल्याएको छ । जसमा बेस भेरियन्टको मूल्य ९.६९ लाख भारु छ भने टप भेरियन्टको १४.७९ लाख भारु तोकेको छ ।

कम्पनीले लोकप्रिय ‘नाइट’ रेन्जकै सफलतामा आधारित भएर यो नयाँ मोडल ल्याइएको हो । सन् २०२२ मा सुरू भएदेखि हालसम्म ९२ हजार युनिट बिक्री भइसकेको छ ।

भेन्यु नाइट एडिसनको प्रमुख विशेषता भनेको यो पूरै कालो बनावटकाे हुनु हो । यसमा अगाडिको भागमा कालो ग्रिल, म्याट ब्ल्याक हुन्डाई लोगो र परिमार्जित स्किड प्लेटहरू छन् । साइड प्रोफाइलमा कालो रङका ओआरभीएम, रूफ रेल्स र एलोय ह्वीलहरूले यसलाई अझ आकर्षक बनाएका छन् । साथै, रातो रङको ब्रेक क्यालिपर र विशेष ‘नाइट’ ब्याजिङले यसलाई स्पोर्टी लुक्स दिएको छ।

गाडीको भित्री भागमा पनि प्रिमियम अल ब्ल्याक क्याबिन छ । जसलाई पित्तल रङको फिनिसिङले झनै राम्रो देखाएको छ। यसका सिटहरूमा पनि विशेष प्रकारको अपहोल्स्ट्री प्रयोग गरिएको छ।

हुन्डाईले निश्चित भेरियन्टहरू जस्तै एचएक्स ६टी, एचएक्स १० टी र एन १० मा ड्यासक्याम थपेर ठूलो अपग्रेड गरेको छ। यसले विभिन्न मोडहरूमा रेकर्डिङ गर्न सक्छ।

यसमा कन्टिन्युस ड्राइभिङ रेकर्डिङ, आकस्मिक घटनाहरूको समयमा इमरजेन्सी क्याप्चर, भ्याकेसन मोड र मोबाइल एपमार्फत माग अनुसार भिडियो हेर्न मिल्ने सुविधाहरू छन् ।

भेन्यू नाइटमा हुन्डाईले पुरानै इन्जिन लाइनअपलाई निरन्तरता दिएको छ भने कुनै मेकानिकल परिवर्तन गरिएको छैन।

हुन्डाई भेन्यु नाइट एडिसनमा १.२ लिटरको नेचुरल एस्पिरेटेड पेट्रोल इन्जिन, १.० लिटरको टर्बोचाज्र्ड पेट्रोल इन्जिन र १.५ लिटरको डिजेल इन्जिन छ । यिनमा म्यानुअल र अटोमेटिक दुवै गियरबक्स अप्सन छ ।

हुन्डाईले हेजेल ब्लू म्याट र मिस्टिक सेफायर म्याट गरी दुईवटा नयाँ म्याट रङका विकल्पहरू पनि ल्याएको छ । जसले ग्राहकहरूलाई व्यक्तिगत छनोटको थप अवसर दिनेछ।


Back_to_top